२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एक लाख ७२ हजार ३८४ जनाले मतदान गरे,मतपेटिका संकलन हुँदै

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) १२९६ पाठक संख्या

मोहन पौडेल
परासी, ४ मंसिर । आज भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत पश्चिम नवलपरासी ७२ प्रतिशत मत खसेको छ । देशभैभरी आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ ।
आज सम्पन्न निर्वाचन अन्तरगत पश्चिम नवलपरासीमा कूल ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका कूल मतदाता दुई लाख ४० हजार ९३० मध्ये एक लाख ७२ हजार ३८४ जनाले मतदानमा भाग लिएका हुन् ।
ती मध्ये महिला ९० हजार ४६६, पुरुष ८१ हजार ९१५ र अन्य तीन जना रहेका छन् । शान्त र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न भएको प्रजिअ पोखरेलले बताउनुभयो । पश्चिम नवलपरासीमा एक लाख १९ हजार ६५ महिला र एक लाख २१ हजार ८६१ पुरुष मतदाता छन् । जिल्लाभर १२० मतदान स्थल र २८७ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र(जिल्ला कारागार) मा मतदान कायम गरिएको थियो । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।
मतदान सम्पन्न भएसँगै अहिले धमाधम मतपेटिका संकलन भईरहेको छ । जिल्लाको क्षेत्र नं. १ को बर्दघाट नगरपालिका कार्यालय र क्षेत्र नं. २ को रामग्राम नगरपालिका कार्यालयमा मतगणना हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस