२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

वरिष्ठ साहित्यकार श्रेष्ठको निधन

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) १०२२ पाठक संख्या

20210509_191941

20210509_191941

परासी, २६ वैशाख । पश्चिम नवलपरासीका बरिष्ठ साहित्यकार तारा प्रसाद श्रेष्ठको ७८ बर्षको उमेरमा निधन भएको छ । उहाँलाई तीन दिन देखि ज्वरो आए पछि घरमै उपचार भइरहेको थियो ।
श्रेष्ठको आइतवार आफ्नै निवास बर्दघाट ९ भुताहामा निधन भएको छोरी सरस्वती श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठ यस क्षेत्रका निकै प्रतिभाशाली साहित्यकारका रुपमा परिचित हुनुहुन्थ्यो । ग्रामीण परिबेशका जनजिविकाका सवालमा चोटिला साहित्य रचना गर्ने उहाँका २ दर्जन बढी कृति प्रकाशित छन् ।

विभिन्न राजनैतिक तथा सामाजिक परिवेशलाई आधारित बनाएर साहित्य रचना गर्ने उहाँले आफुलाइए एक देशभक्त राष्ट्रवादीका रुपमा उभ्याउनुभएको थियो । वर्गीय रुपमा निम्न मध्यम वर्गका उहाँका लेख रचनामा वर्ग पक्षधरताले ओतप्रोत छन् ।
बामपंथी धारलाइ कहिल्यै नछोडेका श्रेष्ठ पछिल्लो क्रममा बिचार र निष्ठा विनाको राजनीति प्रति निकै चिन्तित देखिनु भएको थियो । गत बर्ष जिवनसंगिनी गुमाउनु भएको श्रेष्ठका दुई छोरा दुई छोरी र १० नाति नातिनी छ्न ।  उहाँको शव त्रिवेणीधाममा अत्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस