२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासीको झरही नदी किनारमा तटबन्धसहित करिडोर सडक निर्माण गर्ने नगरपालिकाको योजना

२०७९ कार्तिक १२, शनिबार प्रकाशित ( साल अघि) १३१८ पाठक संख्या

मोहन पौडेल
परासी, १२ कात्तिक । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही नदी किनारमा तटबन्धसहित करिडोर सडक बनाउने योजना अघि सारिएको छ । रामग्राम नगरपालिकाले झरही करिडोर नामबाट नदीको एकतर्फी पश्चिमतर्फको किनारमा तटबन्धसहितको सडक निर्माण गर्ने योजना अघि सारेको हो ।
झरही नदीमा वर्षेनी आउने बाढीका कारण हुने डुबान, कटानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न र नदी किनारलाई सडक सञ्जालमा जोडेर पर्यटकीय आकर्षण गर्ने लक्ष्यका साथ झरही करिडोर सडक निर्माण गर्ने योजना अघि सारिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले दैनिक24खवरलाई जानकारी दिनुभयो ।
करिडोर सडक निर्माणका लागि आज परासीको हाटबजार नजिकको सेतोपुलदेखि वडा नं १ सण्डा पुलसम्मको क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गरिएको छ । प्राविधिक टोलीसहित मेयर यादवले आज उक्त क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गर्दै स्थानीयवासीसँग आवश्यक सुझाव र परामर्श पनि लिनुभएको हो ।
झरही नदीको बाढीले सदरमुकाम परासी नै जोखिममा रहेकोले नदी व्यवस्थापन जरुरी रहेको र त्यसका लागि करिडोर सडक पनि एउटा माध्यम बन्ने मेयर यादवको भनाई छ । करिब साढे दुई किलोमिटर लम्बाईको उक्त करिडोर सडकले नदी नियन्त्रण मात्र नभई उक्त क्षेत्रमा यातायात सुविधा पुग्नुका साथै मर्निङ् वाकको लागि पनि उपयुक्त स्थल बन्ने अपेक्षा नगरपालिकाले गरेको छ । यसको माध्यमबाट झरही तटीय क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सकिने मेयर यादवले बताउनुभयो ।
बहुउपयोगी मानिएको झरही करिडोर सडकको निर्माण कार्य चालु आवमै थालनी गर्ने तयारी नगरपालिकाको छ । रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताका अनुसार नगरपालिकाले यस वर्ष आफ्नै एक्साभेटर खरिद गर्न लागेको र नदी सफाइका लागि रु चालिस लाख बजेट पनि विनियोजन गरेकोले यस वर्ष नदी किनारमा तटबन्धसहित ग्राभेल सडकको रुपमा निर्माण गर्ने नगरपालिकाको तयारी छ ।

J2 J3 J4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस