२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोरोना संक्रमित एमाले नेता कँडेलको निधन

२०७८ बैशाख २५, शनिबार प्रकाशित ( साल अघि) ४३१ पाठक संख्या

20210508_223747

परासी , २५ वैशाख ।प कोरोना संक्रमणबाट नेकपा एमाले( माधव नेपाल समूह) पश्चिम नवलपरासी अध्यक्ष शिवलाल कँडेलको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचाररत कँडेलको चितवनको पुरानो मेडिकल कलेजमा आज निधन भएको हो ।
बर्दघाट –२ बस्ने ६८ वर्षका कँडेल केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । आज बिहान उपचार गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
पुर्ख्यौली घर गुल्मीबाट बसाईंसराई गरी नवलपरासी आएका कँडेल दिव्य ज्योति क्याम्पस व्यावस्थापन समिति पूर्व अध्यक्ष, नवलपरासी जिल्ला विकास समितिको पूर्व जिल्ला सदस्य , माकर बहुमुखी सहकारीका अध्यक्ष समेत रहेका थिए ।
उनका २ छोरा र श्रीमती रहेका छन् । नेता कँडेलको निधनप्रति एमाले वरिष्ठ नेता माधव नेपाल,योगेश भट्टराई , लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी लगायतले गहिरो दु: ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस