२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा रातको ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाईने

२०७९ कार्तिक ५, शनिबार प्रकाशित ( साल अघि) ४६६ पाठक संख्या

दैनिक24खबर
परासी,५ कात्तिक । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )ले देउसी-भैलो कार्यक्रम राति ९ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा देउसी-भैलो,नाचगान लगायतका मनोरञ्जनात्मक कार्यक्रम गर्दा तोकिएको समय भित्र मात्र गर्न आग्रह गरेको हो ।
तिहार तथा छठ पर्वको अवसरमा जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार,विक्रीवितरण नगर्न तथा नपड्काउन र जुवातास तथा जुवाजन्य खेलहरु नखेल्न नखेलाउन समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।
दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।
प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र यदि कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरु गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस