२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

नेपाल फोटो पत्रकार महासंघको महाधिवेशन सौराहामा हुँदै

२०७९ भाद्र २८, मंगलबार प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

चितवन, २८ भदौ ।
नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा हुने भएको छ ।
आज (मंगलबार) भरतपुरमा महाधिवेशन मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनमा देशभरबाट ६०० जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले २९ देखि ३१ गतेसम्म महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिनुभयो । देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिन अघिदेखि भेला सुरु गरिने रेग्मीको भनाइ छ । महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक÷एक जना पदाधिकारीसहित कम्तिमा १७ सदस्यीय केन्द्रीय समिति तयार गरिने रेग्मीको भनाइ छ । भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणपत्र जारी गर्दै महासंघको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताउनुभयो । महासंघको सात वटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो । महाधिवेशन उद्घाटन सौराहाको थारु सांस्कृतिक घरमा हुने भन्दै भगले सबै प्रतिनिधि तथा पर्यवेक्षकको आवास तथा खानपानको व्यवस्था तयार पारिसकिएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस