२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम जेसीजले पायो उत्कृष्ट बहुशाखा तालिम विधामा अवार्ड

२०७९ भाद्र २६, आईतबार प्रकाशित ( साल अघि) ४५७ पाठक संख्या

परासी, २६ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील रामग्राम जेसीज नेपाल जेसीजबाट सम्मानित भएको छ । टीकापुर जेसीजको आतिथ्यमा भदौ २४ र २५ गते कैलालीको टीकापुरमा आयोजित नेपाल जेसीजको क्षेत्र घ सम्मेलनमा रामग्राम जेसीजलाई सम्मान गरिएको हो ।
गैँडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५५ वटा शाखाहरुको सहभागिता रहेको उक्त सम्मेलनमा रामग्राम जेसीज क्षेत्र घ अन्र्तगत उत्कृष्ट बहुशाखा तालिम विधाबाट सम्मानित भएको रामग्राम जेसीज वर्ष २०२२ का अध्यक्ष अनिल उपाध्यायले जानकारी दिनुभयो । नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीले उक्त अवार्ड प्रदान गरेका हुन् ।

Anil 2

 

क्षेत्रीय सम्मेलनको सुदुरपश्चित प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभएको थियो । रामग्राम जेसीजसहित जिल्लाका पाँच वटा जेसीज शाखाको आयोजना र नेपाल जेसीजको समन्वयमा गत साउनमा रामग्राम परासीमा एक्ट फर ईम्प्याक्ट विषयमा बहुशाखा तालिम सम्पन्न भएको छ । सन् २००० मा स्थापित रामग्राम जेसीजले यस क्षेत्रका १८ देखि ४० वर्ष भित्रका यूवाहरुको नेतृत्व, व्यक्तित्व, क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकासतर्फ क्रियाशील रहँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस