२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

मिटरब्याजी विरुद्ध पश्चिम नवलपरासीमा १०२ उजुरी

२०७९ भाद्र ५, आईतबार प्रकाशित ( साल अघि) ११७३ पाठक संख्या

मोहन पौडेल
परासी, ५ भदौ । गृह मन्त्रालयको आह्वानपछि पश्चिम नवलपरासीमा १०२ जनाले मिटरब्याजी विरुद्ध उजुरी दिएका छन्। गृह मन्त्रालयले भदौ ५ गते आजसम्म मिटरब्याजीबाट पीडित भएकाहरुलाई जिल्ला प्रशासनमन उजुरी दिन आह्वान गरेको थियो। सोही अनुसार आज अन्तिम दिनसम्ममा पश्चिम नवलपरासीमा १०२ जना पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रालयको आह्वानपछि साउन २८ गतेदेखि नै उजुरी दर्ता गर्न पीडितहरु  जिल्ला प्रशासन कार्यालय आएका थिए ।
गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लामा पीडितहरुको उजुरी संकलन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
संकलन भएका उजुरीहरुलाई गृह मन्त्रालयको निर्देशनपछि आवश्यक कार्वाही प्रक्रिया अघि बढाउने प्रजिअ पोखरेलले बताउनुभयो । यसअघि पनि जिल्लामा २५ वटा उजुरी आएकोमा २० वटा समाधान गरिएको उहाँले बताउनुभयो ।
मिटरब्याजीले विपन्न तथा निरक्षर परिवारलाई ब्याजमा रकम दिएर उनीहरुको विचल्ली बनाएको समाचार आएपछि सरकारले उनीहरुविरुद्ध कदम चालेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%१%१%२%

प्रतिक्रिया दिनुहोस