२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विद्यार्थीको आकर्षणको केन्द्र बन्दै ‘महाकवि देवकोटा नमूना मावि’

२०७९ श्रावण १४, शनिबार प्रकाशित ( साल अघि) ११५९ पाठक संख्या

मोहन पौडेल
परासी, १४ साउन । सामुदायिक विद्यालय भन्नासाथ पढाई कमजोर हुन्छ भन्ने बुझाईका कारण धेरै अभिभावक निजी विद्यालयप्रति आर्किर्षत छन् । तर शैक्षिक गुणस्तर सुधार गर्दै पछिल्लो पटक सामुदायिक विद्यालय पनि अब्बल बनिरहेका छन् । धेरै सामुदायिक विद्यालय निजी विद्यालयलाई चुनौती दिने अवस्थामा पनि पुगेका छन् ।
यसैको ज्वलन्त उदाहरणको रुपमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा नमूना माध्यामिक विद्यालय यतिबेला विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । विद्यालयले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउन थालेपछि विद्यार्थीको चाप ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक खेमलाल शर्मा जोशी बताउनुहुन्छ ।
यो विद्यालय जिल्लाकै अब्बल र नमूना विद्यालयको रुपमा स्थापित छ । “यस विद्यालयमा विद्यार्थीको चाप अत्याधिक हुने गरेको छ, कक्षा कोठा अभावका कारण भर्ना हुन आएका सबै विद्यार्थी भर्ना गर्न असमर्थ छौँ, कक्षागत आवश्यक सङ्ख्या किटान गरी प्रवेश परीक्षा मार्फत भर्ना गर्ने अभ्यास गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

296173302_1314961065705720_5404238715081694614_n

शैक्षिक सत्र २०७१ देखि उच्च शैक्षिक नतिजा लगातार पाँच वर्षसम्म प्राप्त गरी नेपाल सरकारले निर्धारण गरेका सूचकहरु पूरा गरी जिल्लाकै अग्रणी नमूना विद्यालय विकासमा छनौट भई सोही अनुसार यस विद्यालयले पाँच वर्षे विद्यालय सुधार गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।
हाल यस विद्यालयमा करिब दुई हजार ३०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । विद्यालयमा शिक्षक र कर्मचारी गरी १०३ जना कार्यरत छन् । यो विद्यालय सङ्घीय सरकारबाट जिल्लाकै पहिलो नमूना विद्यालयमा छनौट भएको थियो भने गत वर्ष लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा घोषित भएको थियो ।

296172432_358758993105296_3683690728684123324_n

विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म अङ्ग्रेजी माध्यममा तथा कक्षा ११ र १२ मा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुने गरेको छ भने कक्षा ११,१२ मा विज्ञान,व्यवस्थापन, होटल म्यानेजमेन्ट,शिक्षा,मानविकी र कानून सङ्कायका कक्षाहरु सञ्चालनमा रहेको प्रधानाध्यापक शर्माले बताउनुभयो । यसका साथै टीएसएलसी, डिप्लोमा ईन अटोमोबाईल ईन्जिनियरिङ्ग(३६ महिने),छोटो अवधिको प्राविधिकधार तर्फको तालीम,खुल्ला एसईई,प्राविधिक धारतर्फको पुरक पाठ्यक्रम पनि सञ्चालनमा छ ।
उत्कृष्ट व्यवस्थापन, शिक्षकहरुको मिहेनत, आवश्यकता अनुसारको भौतिक पूर्वाधार,बालमैत्री, अपाङ्गतामैत्री र छात्रा मैत्री वातावरण लगायतका कारण विद्यालय अब्बल बन्दै गएको प्रअ शर्माको भनाई छ । “सिकाई उपलब्धीलाई वृद्धि गरी कक्षा दोहोराउने विद्यार्थी दर घटाईएको छ, गुणस्तरीय शिक्षाको लागि शिक्षणमैत्री भौतिक पूर्वाधार निर्माण गरिएको छ, नतिजा विश्लेषण तथा परामर्शलाई प्रभावकारी गराईएको छ”, उहाँले भन्नुभयो ।
विद्यालयले प्रतिस्पर्धी, सक्षम र रोजगार उन्मुख नागरिक उत्पादनमा जोड दिएको बताउँदै उहाँले विद्यालयलाई अब्बल बनाउन वार्षिक तथा दैनिक पाठ योजना बनाई शिक्षण गर्ने गरिएको,शिक्षकलाई विषयगत पेशागत तालिम दिने गरिएको,प्रविधिको उच्चतम प्रयोगमा अग्रसर गराईएको बताउनुभयो ।

295828243_434649398591137_4139747991161291883_n

मुलुककै उत्कृष्ट विद्यालय मध्येको एक शैक्षिक गन्तव्य बनाउने उद्देश्यका साथ आफूहरु अघि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्याल बताउनुहुन्छ । “यस विद्यालयलाई यस क्षेत्रको शैक्षिक हवको रुपमा विकास गर्दै भ्रमण योग्य शैक्षिक गन्तव्यको रुपमा विकास गर्दै लैजाने मूख्य उद्देश्य हो, बालमैत्री वातावरण, साधारण र प्राविधिक शिक्षामा उच्चतम् सिकाई उपलब्धी सुनिश्चित गरी प्रतिष्पर्धी,रोजगार उन्मुख,नैतिक र असल नागरिक उत्पादन गर्ने नमूना र नेतृत्वदायी संस्थाको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो ।

296149462_3201345716792165_3674464980905949237_n

विद्यालयलाई थप व्यवस्थित र शैक्षिक हवको रुपमा विकास गर्न प्राविधिक शिक्षातर्फ थप न्यूनतम चार कोठा,आधारभूत तह तथा विज्ञान कक्षाहरुमा न्यूनतम तीन वटा स्मार्ट कक्षाको लागि विद्यार्थीमैत्री आवश्यक आधुनिक फर्निचर तथा अन्य सामग्रीसहितको स्मार्ट कक्षाको व्यवस्थापन, आधुनिक प्रविधिका फर्निचरसहितको कक्षा कोठा व्यवस्थापन, विद्याथलयको पश्चिमतर्फ तुरियाखोलामा तटबन्ध गर्नुपर्ने,मण्टेश्वरी कक्षाहरुमा एसी जडान गर्नुपर्ने आवश्यकता देखिएकोले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा राखिएको अध्यक्ष अर्यालले बताउनुभयो ।
विसं.२०१६ सालमा तत्कालिन सरस्वती प्राविको रुपमा स्थापना भई हाल महाकवि देवकोटा माविको रुपमा परिचित यस विद्यालय तीन वटा भूगोलमा सञ्चालनमा छ । सुनवल–१,४ र १० मा रहेका छुट्टाछुट्टै भवनबाट एकैपटकमा ५१ वटा कक्षा सञ्चालन हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयको प्रशासनिक व्यवस्थापन सहज बनाउन एक जना प्रधानाध्यापक, दुई जना सहायक प्रधानाध्यापक, तहगत र विषयगत संयोजकहरु तोकि जिम्मेवारी बाँडफाँड गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले यो विद्यालय जिल्लाले नै गर्व गर्न लायक अवस्थामा पुगेको बताउँदै सामुदायिक विद्यालयप्रतिको नकरात्मक धारणालाई परितर्वन गर्न सफल भएको बताउनुभयो । सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवेले यस विद्यालयको व्यवस्थापकिय पक्ष, शिक्षकहरुको मेहनत र समूहगत कार्यशैलीको कारणले उत्कृष्ट हुन सफल भएको बताउनुहुन्छ ।
जिल्लाकै गर्व गर्न लायक विद्यालय भएको बताउँदै उहाँले विद्यालयमा सुधार गर्न आवश्यक देखिएको तटबन्ध निर्माण गर्नुपर्ने,भौतिक पूर्वाधारको अपुग लगायतका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताउनुभयो। शिक्षा, विकास तथा समन्वय ईकाई प्रमुख सुदीप गिरीले नमूना विद्यालयको रुपमा स्थापित हुन सरकारले तोकेका सबै मापदण्ड पूरा गर्न आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%५%

प्रतिक्रिया दिनुहोस