२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासीका मिष्ठान पसलमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने खानेतेलको प्रयोग

२०७९ अषाढ २९, बुधबार प्रकाशित ( साल अघि) १४५० पाठक संख्या

परासी, २९ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा सञ्चालित मिठाई पसलहरुमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खानेतेलको प्रयोग भईरहेको पाईएको छ । अधिकांश मिठाई पसलमा मानव स्वास्थ्यमाथि खेलबाड गर्दै एकपटक प्रयोग गरेको तेलमा बारम्बार परिकारहरु पकाउने गरेको पाईएको हो ।
संयुक्त जिल्ला बजार अनुगमन समितिले आज गरेको अनुगमनको क्रममा मिठाई पसलहरुले खान अयोग्य तेलको प्रयोग गरेर मिठाई तथा अन्य परिकार पकाउने गरेको भेटिएको हो । यसरी एकपटकको तेलमा बारम्बार पकाईएका मिठाई तथा अन्य परिकार खाँदा विषालु तत्व पैदा भई शरीरलाई प्रतिकूल असर पार्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक यादवले बताउनुभयो ।

तारेको तेलको गुणस्तर मापन गर्दा २५ पीपीएम सम्मको खान योग्य हुने भएपनि पशुपति मिष्ठान भण्डार परासीमा पकाउन प्रयोग गरिएको तेलको जाँच गर्दा ३४ पीपीएम अर्थात खान अयोग्य तेल भेटिएको उहाँले बताउनुभयो ।

293249675_3210898875799716_7715824799708440920_n

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त मिष्ठान भण्डारबाट बारम्बार पकाउन प्रयोग गरिएको चार लिटर तारेको तेल जफत गरी नष्ट गरेको छ । अहिलेलाई सचेत गराईएको र आगामी दिनमा पनि दोहोरिएमा कारवाही गरिने उहाँले बताउनुभयो ।

292594681_1749246205421374_5668682700936989778_n

अनुगमनको क्रममा मिठाई पसलका भान्सामा सरसफाइको अभाव देखिएको छ । पटकपटक अनुगमन गर्दा पनि भान्सामा सुधार नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । पशुपति मिष्ठान भण्डारसहित माखनभोग मिष्ठान भण्डार परासी लगायतमा अनुगमन गर्दा भान्सामा यत्रतत्र फोहोर,माखा भन्केका खाद्य वस्तु,पकाएर नढाकी राखिएका खाद्य वस्तुहरु यत्रतत्र राखेको भेटिएको छ भने पकाउने मानिसहरुमा पनि सरसफाइको अभाव देखिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधार पाण्डेले बताउनुभयो । माखन भोगबाट लेबल नभएका बेकरी आईटम बरामद गरी नष्ट गरिएको थियो । सुनवलको स्वाठीमा सञ्चालित होलिडे क्याफेमा पनि तारेको तेल फेला परेको उहाँले बताउनुभयो ।

292562695_440099514439518_8685626466749719550_n

जिल्लामा पछिल्लो पटक निरन्तर बजार अनुगमन गरिएको बताउँदै उहाँले आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा रहेका मिठाई पसल, रेष्टुरेण्ट तथा पानी उद्योगमा अनुगमन गरिएको जानकारी दिनुभयो ।
पाल्हीनन्दनको बेलाशपुरमा सञ्चालित शितल जल पानी उद्योग र कुश्मामा सञ्चालित त्रिवेणी एक्वा पानी उद्योग पनि मापदण्ड विपरीत सञ्चालनमा रहेको पाईएकोले आवश्यक कागजात र खाद्य अनुज्ञापत्र सहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन गरिएको पाण्डेले बताउनुभयो ।

293183995_732767694702061_7479139531616723529_n

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रजिअ अर्याल, घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधार पाण्डे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादव, जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक हरि ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला सचिव मोहन पौडेल,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%६%२%२%

प्रतिक्रिया दिनुहोस