२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीको जिल्ला सभा असार १७ गते हुने

२०७९ अषाढ १२, आईतबार प्रकाशित ( साल अघि) ६०६ पाठक संख्या

मोहन पौडेल
परासी, १२ असार । जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीले आगामी असार १७ गते जिल्ला सभा आयोजना गर्ने भएको छ । जिससको आज सम्पन्न पहिलो बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
नेपालको संविधान, जिल्लासभा र जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन २०७५ को प्रावधान अनुसार गाउँसभा र नगरसभा निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको तीस दिन भित्र जिल्ला सभाको बैठक बोलाउनुपर्ने व्यवस्था अनुसार जिल्लासभा बैठकको मिति तय गरिएको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो ।

Rudal (3)

 

पश्चिम नवलपरासीमा गत जेठ १९ गते निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको थियो । जसअनुसार असार १९ गते भित्र जिल्लासभा गरिसक्नुपर्छ । जिल्ला सभाको आवश्यक तयारी र एजेण्डा तय गर्न जिससका शाखा अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा नायब सुब्बा शारदा गौतम र लेखापाल विष्णु पौडेल सदस्य रहेको कार्यदल बनाईएको छ ।
जिससको आजको बैठकले जिल्ला भित्र सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित विकास निर्माण सम्बन्धी कार्यहरुको जिससका पदाधिकारीहरुले आआफ्नो पायक पर्ने क्षेत्रमा अनुगमन गर्ने, अनुगमन गरिएका कार्यको प्रतिफल, प्रभावकारिता तथा सुझावहरुको कार्यान्वयनको अवस्थाको बारेमा प्रतिवेदन पेश गर्न भनिएको छ ।
यसैगरी आजको बैठकले जिससका निवर्तमान पदाधिकारीहरुबाट आफ्नो कार्यकालमा निर्वाह गरेको कुशल भूमिका र जिम्मेवारीको लागि धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको जिसस प्रमुख यादवले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस