२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

प्राचीन ककरपत्त नगर(कोलवृक्ष)को संरक्षण गर्दै सरावल गाउँपालिका

२०७९ अषाढ १, बुधबार प्रकाशित ( साल अघि) ६६४ पाठक संख्या

मोहन पौडेल
परासी, ०१ असार । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा अवस्थित पुरातात्विक स्थल जावा क्षेत्र कोलवृक्ष बँगैचा(प्राचीन ककरपत्त नगर)को संरक्षण,प्रवद्र्धन र विकासमा गाउँपालिकाले चासो देखाएको छ ।
सरावल २ जावा गाउँमा अवस्थित यो क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष वँगैचा रहेको छ ।
भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरको रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवद्र्धन र विकासमा गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।
.
तत्कालिन कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगरमा गृहस्थलाई सन्देश दिएको हुँदा ससारकै गृहस्थले यो स्थानमा आएर भगवान् बुद्धको सन्देश सुन्न सक्ने र मुतिm पाउने स्थलको रुपमा विकास गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस क्षेत्रलाई प्रवद्र्धन गर्न अहिले समान्य रुपमा ककरपत्त महोत्सवको रुपमा मनाईएको छ,अगामी दिनमा यसको महत्वलाई विश्वव्यापी प्रचारप्रसार गर्दै गुरुयोजना बनाएर विश्व सम्पदाको रुपमा स्थापित गर्छाैँ”
पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्राचीन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्ट्रिय सम्पदामा सुचीकृत गरेको छ । विश्वकै ध्यान तान्न सक्ने सम्भाव्य धार्मिक पर्यटन क्षेत्रको रुपमा यो क्षेत्रलाई लिईएको छ ।
बुद्ध दर्शनका अनुसार कोलिय पुत्र दीर्घजानुको नामले जावा गाउँ रहन गएको थियो । उतm स्थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले सरावल गाउँपालिकाले यहाँ विभिन्न पूर्वाधारका कार्य गर्दै आएको छ ।
भगवान बुद्ध बेला बेला गाउँ घुम्दा यस स्थानमा धर्म देशना गर्ने क्रममा भगवान् चरिया गर्दै ककरपत्त आएको किम्वदन्ति छ । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दीर्घजानुले भगवान् समक्ष उपस्थित भई आफुहरु गृहत्याग गरि भिक्षु हुन नसक्ने बताउदै समान्य गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छन् भन्ने आग्रह गरेका थिए ।
भगवान बुद्धले दीर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहशुख सन्देश सुनाउनुभएको यस क्षेत्रका अध्ययता बेचु गौडले बताउनुयभो । उहाँका अनुसार यो कुरा त्रिपिटकको अगुत्तर निकायको दीर्घजानु सुत्तमा उल्लेख छ । गृह सुख सन्देश दिँदा भगवान बुद्धले गृहस्थको ईहलौकिक अर्थात जीवित हुँदासम्म र पारलौकिक अर्थात मरणोपरान्त गरी दुई भागमा सन्देश सुनाउनुभएको थियो ।
गाउँपालिकाले अहिले गौरवकै आयोजनामा समावेश गरी ककरपत्त नगर क्षेत्रलाई संरक्षण,विकास,प्रवद्र्धनका लागि विभिन्न पूर्वाधारको विकास गर्दै आएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । ककरपत्त क्षेत्रमा हाल सभाहल,बालउद्धान,भगवान् बुद्धको मूर्ति, बुद्धको मूर्तिसँगै बुद्धले सन्देश दिँदै गरेको दीर्घजानुको मूर्ति समेत स्थापना गरिएको छ ।
ककरपत्त क्षेत्रमा नै कमलपोखरी रहेको छ । उक्त क्षेत्रलाई संरक्षण गरी सो क्षेत्रमा प्रतिक्षालय,चरा अवलोकन गर्ने स्थलको समेत संरचना निर्माण गरिएको छ । ककरपत्त क्षेत्रमा आन्तरिक पर्यटकहरु उल्लेख्य आउने गरेको स्थानीय कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस