२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवलको भविष्य निर्माण गर्ने जिम्मा हामीलाई दिनुहोस् – सूर्य दुवे

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

सुनवल, १६ वैशाख । नेकपा एमालेको तर्फबाट सुनवल नगरपालिकाको उपमेयर पदका उम्मेदवार यूर्य दुवेले सुनवलको भविष्य निर्माण गर्ने जिम्मा आफूहरुलाई प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । समृद्ध सुनवल र सुखी सुनवलवासी बनाउने अभिभारा पूरा गर्न तयार रहेकोले एमालेलाई सुनवलको भविष्य निर्माण गने जिम्मा दिन उहाँले आग्रह गर्नुभयो ।
स्थानीय निर्वाचनको सन्दर्भमाम आज सुनवलको वडा न.. ४ का विभिन्न टोलमा भएका भेलालाई सम्बोधन गर्दै युवा नेता दुवेले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता र युवालाई उत्पादन र रोजगारीसँग जोडेर आर्थिक समृद्धिको पहल गर्ने बताउनुभयो ।
एमालेका जिल्ला सदस्य एवं सुनवल नगर ईन्चार्ज दुवेले कुनै पनि लोभ प्रलोभनमा परेर पाँच वर्ष अन्धकारमा बस्नुपर्ने अवस्था सिर्जना नगर्न र सही सक्षम नेतृत्व चयन गर्न जोड दिनुभयो । सुनवलका १३ वडाका ६७ वटै पद नै यसपटक एमालेले जित्ने भन्दै उहाँले पार्टीको संगठनलाई मजबुद बनाएकोले जित सुनिश्चित भएको जिकिर गर्नुभयो । एमाले प्रतिको क्रेज बढ्दो रहेकोले पनि सुनवल र सिंगो देश बनाउने सपना एमालेबाट पूरा हुने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस