२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनको विकास जिल्लामै नमूना – गाउँपालिका अध्यक्ष गुप्ता

२०७८ चैत्र १९, शनिबार प्रकाशित ( साल अघि) १५९५ पाठक संख्या

परासी, १९ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले पाल्हीनन्दनमा जिल्लामै नमूना विकासका काम भएको बताउनुभएको छ । केही व्यक्तिहरुले दुःख दिने नियतका साथ अदालतमा मुद्धा दायर गरेर विकासमा अवरोध गर्न खोजेपनि आफूले सहि नियतका साथ काम गरेकोले जिल्लामै पाल्हीनन्दन गाउँपालिकाले नमूना विकास गर्न सफल भएको उहाँले बताउनुभयो

    02 पाल्हीनन्दन गाउँपालिकाको आयोजना र रमादेवी मिडिया प्रालिको सहजीकरणमा पाल्हीनन्दनका प्रत्येक वडामा छुट्टाछुट्टै आयोजित मिडियासँग गाउँपालिका अध्यक्ष कार्यक्रममा सहभागि हुँदै गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिकाकमा देखिने गरी विकास भएको बताउनुभयो ।

03

आफ्नो नेतृत्वमा गाउँपालिकामा पूर्वाधार निर्माण, जनचेतना तथा सामाजिक विकासका कार्यलाई प्राथमिकता दिएको अध्यक्ष गुप्ताले बताउनुभयो । गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाको घरमा सेवा दिनुपरेकोले पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाको प्रशासनिक भवन बनाईएको जुन गाउँपालिकाहरु मध्ये नेपालकै नमूनाको रुपमा रहेको उहाँले बताउनुभयो ।

04

 

अध्यक्ष गुप्ताले गाउँगाउँमा सडक पूर्वाधार, गाउँपालिका भित्र विभिन्न सभा, समारोह, गोष्ठी लगायतका कार्य गर्न सभालह निर्माण गरिएको, ग्रामिण समुदायका नागरिकलार्ई स्वास्थ्यको आधारभूत सेवामा पहुँच पुर्याउने पाल्हीनन्दन अस्पताल लोहरौलीमा सञ्चालनमा ल्याएको, वडा नं. १,२ र ३ का आफ्नै वडा कार्यालय निर्माण गरिएको जानकारी दिनुभयो ।

05

 

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न विद्यालय वसको व्यवस्था, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न अंग्रेजी माध्यममा शिक्षण कार्य सञ्चालन, सुगर थाईराइड लगायतका रोगका विरामीलाई निःशुल्क औषधी, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, गाउँपालिका विभिन्न निकायमा २३० जनालाई प्रत्यक्ष रोजगारीमा लगाईएको, मुस्लिम धार्मिक विद्यालय मदरसामा प्रत्येक विद्यालयमा मौलनाको व्यवस्था गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।

06

 

बाढी नियन्त्रणका लागि नदी सफाइ अभियान सञ्चालन, धुँवामुक्त गाउँपालिका बनाउन करिब १७०० लाई ग्याँस चुल्हो वितरण, कृषिलाई व्यवसायिक र आधुनिनिकरण गर्न कृषि यन्त्र तथा अनुदान वितरण लगायतका काम गरिएको उहाँले बताउनुभयो । सीमित स्रोध र साधनमाा रहेर काम गर्दा विभिन्न चुनौतिहरु आएको तर गाउँपालिकाले नीति, नियम र कार्यविधि अनुसार प्रक्रियागत रुपमा कार्य गरेकोले मुद्दा दायर भएपनि असफल हुन नपरेको दाबी गर्नुभयो ।

07

 

08

 

चैत १३ देखि १८ गतेसम्म प्रत्येक वडामा छुट्टाछुट्टै सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष लल्लन यादव, वडा नं. २ का अध्यक्ष रामनगिना सिंह, वडा नं. ३ का अध्यक्ष गोधन हरिजन, वडा नं. ४ का अध्यक्ष सञ्जय पाठक, वडा नं. ५ का अध्यक्ष ओमप्रकाश यादव,वडा नं. ६ का वडा अध्यक्ष कृष्ण चन्द्र यादवले आआफ्नो वडामा पाँच वर्षको अवधिमा भएका विकास निर्माण लगायतका विषयमा जानकारी गराउनुभएको थियो भने सहभागि गाउँपालिकावासीहरुले सबै क्षेत्रमा समान रुपले विकास गर्न, ग्याँस चुल्हो सबै घरधुरिलाई वितरण गर्नुपर्ने, अधरो निर्माणलाई पूरा गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए । गाउँपालिकाको ६ वटै वडामा सम्बन्धित वडाका वडा अध्यक्ष, वडा सदस्यहरु तथा वडावासीहरुको सहभागिता रहेको थियो ।

09

 

10

 

11

 

12

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस