२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम स्तुपसहितका बुद्धस्थलको विकासका लागि छुट्टै निकाय गठन गर्न मन्त्री आलेको ध्यानाकर्षण

२०७८ फागुन २५, बुधबार प्रकाशित ( साल अघि) ९५३ पाठक संख्या

परासी, २५ फागुन । पश्चिम नवलपरासीमा अवस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपसहितका बुद्धस्थलहरुको विकास र संरक्षणका लागि रामग्राम विकास कोष गठनको माग गरिएको छ । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले आज नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेलाई मन्त्रालयमै भेट गरी ज्ञापनपत्र मार्फत उक्त माग गरेको हो ।
ज्ञापनपत्रमा रामग्राम स्तुपको विकास, संरक्षण, प्रवद्र्धन गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषलाई भएपनि कोषले स्तुपको विकासमा वेवास्ता गरेकोले रामग्राम स्तुप सहित नवलपरासीमा भएका बुद्धस्थलहरुको विकास र संरक्षणका लागि छुट्टै स्वायत्त निकाय रामग्राम विकास कोष वा रामग्राम विकास समिति गठन गर्न माग गरिएको छ ।
संस्थाका अध्यक्ष शम्भु उपाध्यायको नेतृत्वमा गएको टोलीले स्तुपसहित बुद्धको मावली पण्डितपुर, बुद्धले केश मुण्डन गरेको अनोमाघाट, कोलवृक्ष रहेको ककरपत्त नगर जावा, बुद्धमंगल ताल लगायतका स्थलको खोजी, अनुसन्धान तथा संरक्षणका लागि पनि छुट्टै निकाय आवश्यक रहेको भन्दै मन्त्री आलेको ध्यानाकर्षण गराएको हो । लुम्बिनी पत्ता लागेको दुई वर्षपछि रामग्राम स्तुप पत्ता लागेको तर लुम्बिनीको तुलनामा रामग्रामको विकासमा कुनै चासो नदिईएको स्थानीयवासीको आरोप छ ।

R

R

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस