२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सिटिजन लाइफ ईन्स्योरेन्सद्धारा रेश्मी परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

२०७८ माघ २४, सोमबार प्रकाशित ( साल अघि) १५५३ पाठक संख्या

मोहन पौडेल

परासी, २४ माघ । पश्चिम नवलपरासीको रामग्राम ३ निवासी स्व.कमला थापा रेश्मीको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा क्षेत्रीय शाखाले मृत्यु बीमा दावी वापत रु १६ लाख ८६ हजार रकम भुक्तानी गरेको छ ।
गत पुस ११ गते बिहान मर्निङ्गवाकको क्रममा सडक दुर्घटनामा ज्यान गुमाउनुभएकी बीमित स्व. थापाका पति राजकुमार रेश्मीलाई ईन्स्योरेन्स कम्पनीले आज उहाँको घरमै एक कार्यक्रम गरी रु १६ लाख ८६ हजारको चेक हस्तान्तरण गरेको हो । रेश्मी पत्रकार महासंघ पश्चिम नवलपरासीको सचिव एवं राजु आटर्स परासीका सञ्चालक पनि हुनुहुन्छ ।
नेपाल विद्युत प्राधिकरण परासी शाखामा कार्यरत स्व.कमला थापाले सिटिजन शुभारम्भ बीमा योजना अन्र्तगतको रु ८ लाखको २० वर्षे बीमा योजना खरिद गरि दोस्रो किस्तासम्म बुझाउनुभएको थियो ।
कम्पनीले उहाँले गरेको बीमाङ्क रकम रु ८ लाखमा काजकिरीया खर्च रु ५० हजार थप गरी, दुर्घटना बीमा र बीस वर्षको बोनस समेत थप गरी रु १६ लाख ८६ हजार रकम भुक्तानी गरेको सिटिजन लाईफ ईन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक नरेश सिग्देलले जानकारी दिनुभयो ।
क्षेत्रीय प्रबन्धक सिग्देलले बीमा बचत र सुरक्षा दुवै भएकोले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, कम्पनीको भलवारी शाखा प्रमुख रबी काफ्ले, भैरहवा शाखाकी पार्वती रेग्मी, एजेन्सी म्यानेजर राधिका कुंवर, भोजराज बराकोटी लगायतले जीवन बीमाको महत्वको विषयमा प्रकाश पार्नुभएको बर्दघाट शाखा प्रमुख दीपक थापाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१%

प्रतिक्रिया दिनुहोस