२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा विश्व वातावरण दिवसमा वृक्षारोपण

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित ( महिना अघि) १०३ पाठक संख्या

परासी,२३ जेठ । वातावरण संरक्षण गर्ने उद्देश्यले रामग्राम जेसीजले पश्चिम नवलपरासीको सदरमुकाम परासी वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाएको छ । रामग्राम ३ घोडपालीमा रहेको हरिशुशिल आधारभूत विद्यालय परिसरमा निम, अम्बा, अमला, धुपी लगायत प्रजातिका विरुवा रोपिएको रामग्राम जेसीजले जनाएको छ ।
हराभरा र स्वच्छ वातावरण निर्माणका लागि युवाहरुको सक्रियतामा वृक्षारोपण गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताउनुभयो । विग्रीँदै गरेको वातावरणीय अवस्था र यसले उत्पन्न गरेको चुनौतीको सामना गर्न सचेतना जगाउने उद्देश्यले रामग्राम जेसीजले हरेक वर्ष अभियानको रुपमा वृक्षारोपण कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । वातावरणीय समस्याले गर्दा स्वच्छ हावा पाउन मुस्किल हुँदै गएको अध्यक्ष पौडेलको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानु कुमारी खड्काले वातावरणीय समस्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । वातावरण प्रतिको सजगता अपनाउन सबैले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो । खड्काले रामग्राम जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै वातावरण संरक्षणमा पनि योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।
रामग्राम जेसीजका अध्यक्ष पौडेलको अध्यक्षता तथा कार्यपालिका सदस्य खड्काको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल, वर्ष २०२४ का प्रमुख अध्यक्ष सल्लाहकार एवं पूर्व अध्यक्ष सिनेटर गिरीराज पाण्डेय, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, हरिशुशिल आधारभूत विद्यालयका अध्यक्ष विनोद गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रामग्राम जेसीजका कार्यकारी उपाध्यक्ष सुनिल कुमार यादवको संयोजकत्व तथा स्वागत मनतव्य, जनसम्पर्क अधिकारी रामप्रसाद पौडेलको आस्था पाठ र प्रकरण निर्देशक निरज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस