२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

विनयी त्रिवेणीमा सञ्चालित आत्मरक्षा तालिम सम्पन्न

२०८१ जेष्ठ १६, बुधबार प्रकाशित ( महिना अघि) १४५ पाठक संख्या

परासी,१६ जेठ ।  विनयी त्रिवेणी गाउँपालिकाको सहयोग तथा हिंसामुक्त समुदाय अभियान समितिको आयोजनामा गाउँपालिका भित्रका किशोरीहरुका लागि सञ्चालित आत्म रक्षा तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले किशोरीहरुका लागि आत्म रक्षा तालिम निकै प्रभावकारी भएको बताउनु भयो । उहाँले आत्म रक्षा तालिमलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।
उपाध्यक्ष भगवति बैदवारले आत्म रक्षा तालिमले किशोरीहरुलाई हिंसाबाट बच्न सघाउने बताउदै सिकेको सिप अन्य सहकर्मि किशोरीहरुलाई पनि सिकाउन अनुरोध गर्नुभयो । उहाँले आत्म रक्षा तालिम सम्पुर्ण किशोरीहरुका लागि आवश्यक भएको दाबी गर्नुभयो ।
वडा नं.१ का अध्यक्ष दिपक पौडेलले तालिममा सहभागी किशोरीहरुले प्रस्तुत गरेको आत्म रक्षाको नमुनाले नै तालिम निकै उपलब्धिपूर्ण भएको कुरा प्रमाणित भएको बताउनुभयो । उहाँले सिकेको सिप प्रयोगमा ल्याउन र अन्यलाई पनि हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
हिंसामुक्त समुदाय अभियान समितिका अध्यक्ष लक्ष्मि पुलामिले किशोरीहरुमाथि हुने हिंसा तथा यौन दुव्र्यवहार न्युनिकरणका लागि तालिम आयोजना गरिएको बताउदै तालिम सम्पन्न गर्न सहयोग गर्ने  सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
तालिममा सहभागी किशोरीहरु अर्चना कुमाल र वृन्दा गुप्ताले हरेक दिन किशोरीहरुमाथि हिंसा हुने गरेको भएपनि त्यसको प्रतिकार गर्न शारिरिक र मानसिक रुपमा आफुहरु सक्षम नभएको अवस्थामा तालिमले आफुहरुलाई सक्षम बनाएको बताउनुभयो ।
तालिम वडा नं. १ र २ को दुम्किबास, ३,४ र ५ को सर्दि तथा ६ र ७ को त्रिवेणीमा ३।३ दिन सञ्चालन गरिएको थियो । शान्ति बि.क., मोहन पल्ली मगर र कविता चौधरीले सहजीकरण गर्नु भएको तालिममा १०२ जना किशोरीहरुको सहभागीता रहेको सचिव सुनिल खनालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस