२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

एभरग्रीन अस्पतालद्धारा परासी कारागारका कैदीबन्दीको मुटु तथा मधुमेह रोगको निःशुल्क परीक्षण

२०८१ जेष्ठ १५, मंगलबार प्रकाशित ( महिना अघि) १८६ पाठक संख्या

परासी, १५ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निजी क्षेत्रबाट सञ्चालित एभरग्रीन अस्पतालको आयोजनामा कारागार कार्यालय परासीमा निःशुल्क मुटु तथा मधुमेह(सुगर) रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । १७ औँ गणतन्त्र दिवस एवं विश्व महिला स्वास्थ्य दिवसको अवसर पारी अस्पतालले कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरेको हो ।
शिविरमा कारागारका १०६ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय र कारागार प्रशासनको समन्वयमा आयोजना गरिएको उक्त शिविरमा शंकास्पद अवस्थाका बिरामीहरुलाई जाँच गरिएको थियो ।
शिविरमा मुटु रोग विशेषज्ञ डा.महेश्वर कुमार हयोजु, मेडिकल अधिकृत डा.सोनी गुप्ता लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणको क्रममा २५ जनामा सुगर, २४ जनामा रक्तचाप(प्रेसर) एवं २० जनामा दुवै रोग पहिचान भएको थियो भने ५ जनामा भिटामिनको कमी र ५२ जनामा पिशाव, मानसिक समस्या लगायतका स्वास्थ्य समस्या पहिचान गरिएको एभरग्रीन अस्पतालका सञ्चालक कोईरीले बताउनुभयो । १०६ मध्ये ८३ जनाको सुगर प्रेसर परीक्षण गरिएको थियो भने १३ जनाको (ईसीजी) मुटुको जाँच गरिएको थियो । पहिचान भएका रोगको निदानका लागि बिरामीहरुलाई आवश्यक परामर्श प्रदान गरिएको अस्पतालले जनाएको छ ।
एभरग्रीन अस्पतालले विशेषज्ञ चिकित्सकबाट मुटु रोगको जाँच, भिडियो एक्सरे, डिजिटल एक्सरे, नाक कान घाँटीको उपचार,हाडजोर्नी तथा नशा रोगको उपचार,रेडियोलोजी तथा ईमरजीङ सेवा, स्त्री तथा प्रसुति रोगको उपचार, बालरोगको उपचार विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको सञ्चालक कोईरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस