२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

जिसनद्धारा स्पेलिङ प्रतियोगिता, सुनवल युनाईटेड प्रथम

२०८१ जेष्ठ १५, मंगलबार प्रकाशित ( महिना अघि) ९२ पाठक संख्या

परासी,१५ जेठ । जिसन नवलपरासीको आयोजनामा स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ । बर्दघाटमा सम्पन्न उक्त प्रतियोगितामा जिसनमा आवद्ध ३४ विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सुनवल युनाईटेड स्कुलका रिजल पौडेल,सुपृन चापागाई र समृद्धि ढकालको समूह प्रथम भएको छ भने द पायनियर सेकेण्डरी स्कुल सुनवलका ईभा भुजले, युनिका थापा र जिसोङ गुरुङको समूह द्धितीय तथा कृपा बरही, कृष्ण कुशवाहा र नसिब चापागाईको समूह तृतीय भएको छ भने लिटिल प्लाण्ट स्कुल परासीका प्रथम कुँवर,अनुज यादव र सुमिधा पौडेलको समूह सान्त्वना भएको जिसनले जनाएको छ ।
जिसनका अध्यक्ष डम्बर बहादुर गुरुङको अध्यक्षता तथा प्रमुख सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जिसनका सल्लाहकारहरु धनराज चापागाई, यमबहादुर थापा, वरिष्ठ उपाध्यक्ष थमन शेरचन,जिल्ला सचिव यज्ञप्रसाद न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस