२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

भरत क्षेत्री र दिवस तिवारीको तीज गीत “बालेनको शहर” आयो बजारमा

२०८० भाद्र ४, सोमबार प्रकाशित ( महिना अघि) १६०६ पाठक संख्या

मोहन पौडेल
परासी, ४ भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ तीजका गीतहरु सार्वजनिक भईरहेका छन् । यसैक्रममा लोकदोहोरी गायक भरत क्षेत्री र दिवस तिवारीको संयुक्त प्रस्तुतीमा बालेनको शहर गीति एल्बम दर्शक स्रोतामाझ आएको छ।
भरत क्षेत्री यूटुब च्यानलबाट सार्वजनिक गरिएको बालेनको शहर नामक तीज गीतले माया प्रेमसँगै सामाजिक सन्देश पनि दिन खोजेको गायक भरत क्षेत्रीले बताउनुभयो । बालेन गरेका कामको प्रशंसा गर्दै सुन्दर काठमाडौँ शहर घुम्न जाने विषयमा प्रेमीप्रेमिकाबीचको वार्तालापलाई गीतमा समेटिएको छ । सामाजिक परिवेश, माया प्रेम र मौलिक विषयवस्तुलाई समेटेर गीत निकाल्दै आउनुभएका क्षेत्रीको यो वर्षको दोस्रो तीजको कोशेली हो । यसअघि काली बरिलै तीज गीत पनि बजारमा आईसकेको छ ।
भरत क्षेत्रीसँगै चीज गुरुङ,सुरज भुसाल, प्रदीप सुनार तथा निर्जला गुरुङ,रुपी सिँजाली मगर,सुस्मिता क्षेत्रीको स्वर रहेको उक्त गीतको शब्द दिवस तिवारी र लय भरत क्षेत्रीको रहेको छ । कुमार केसीको निर्देशनमा बनेको बालेनको शहर गीतको म्युजिक भिडियोमा लोमश शर्मा,रुबिना अधिकारी, भरत क्षेत्री र प्रिय गुरुङको अभिनय रहेको छ। लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका निवर्तमान अध्यक्ष क्षेत्रीका यसअघि करिब तीन दर्जन गीतहरु बजारमा आईसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%५%७%१%

प्रतिक्रिया दिनुहोस