२०८१ श्रावण १२, शनिबार
24 खबर अपडेट

नवलपरासी कांग्रेसले शुरु गर्यो आन्तरिक विशेष अभियान

२०८० श्रावण २३, मंगलबार प्रकाशित ( महिना अघि) ७१२ पाठक संख्या

मोहन पौडेल
परासी, २३ साउन । नेपाली कांग्रेस पश्चिम नवलपरासीले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान शुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको निर्णयानुसार नवलपरासी कांग्रेसले आज परासीमा एक कार्यक्रम गरि दश दिने अभियानको शुभारम्भ भएको जानकारी गराएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि उमा रेग्मीले संगठनलाई सुदृढीकरण गर्दै चलायमान बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहनुभएकी रेग्मीले आपसी द्धन्द्धलाई विर्सेर पार्टीलाई बलियो बनाउनतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
वडा तहसम्मै आन्तरिक विशेष अभियान सञ्चालन गरेर पार्टीलाई मजबुद बनाई गतिशील पार्टी बनाउन अभियानले टेवा पुग्ने उहाँको भनाई थियो । नेतृ रेग्मीले भन्नुभयो, “पार्टी भित्र रहेका गुट उपगुट विर्सेर एकजुट हुनुपर्छ, हामी सबै कांग्रेस एक भएर आगामी निर्वाचनमा एक्लै लड्ने शक्ति बनाउनु पर्छ”
हाल गठबन्धन गरेर ठूलो पार्टी बनेपनि पार्टीसँग बहुमत नभएकोले आगामी दिनमा मजबुत पार्टी बनाएर एक्लै चुनाव लड्ने सक्ने शक्ति बनाउनुपर्ने उहाँको जोड थियो । “गठबन्धन सँधै नहुन पनि सक्छ, हामी सबै कांग्र्ेस एकढिक्का हुन सके हामीलाई कसैले पराजित गर्न सक्दैन्,त्यसैले सबैले गुटउपगुट र विगतका आन्तरिक द्धन्द्ध विर्सेर पार्टी बनाउन लागौँ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा जिल्ला स्तरका कांग्रेस नेताहरुले भने पार्टी भित्रैको आन्तरिक विवादका कारण गएको निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै गहन समिक्षा गरी पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाली कांग्रेस नवलपरासीका कार्यबाहक सभापति विक्रम यादवले पार्टी भित्रको विवाद र समस्या समाधान गरि बलियो पार्टी बनाउन विशेष अभियान शुरु गरिएको बताउनुभयो । उहाँले अब भोली बुधबार बैठक बसेर दश दिने अभियानको कार्यतालिका बनाएर तल्लो तहसम्म अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस