२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

एमाले पश्चिम नवलपरासीको आठौं जिल्ला अधिवेशन शुरु

२०७८ पौष २३, शुक्रबार प्रकाशित ( साल अघि) १४०८ पाठक संख्या

मोहन पौडेल
परासी, २३ पुस । ९ वर्षको अन्तराल पछि नेकपा एमाले पश्चिम नवलपरासीले जिल्ला अधिवेशन गरेको छ । एमाालेेेेको  आठौँ जिल्ला अधिवेशन आज शुरु भएको छ ।

बर्दघाट स्थित दाउन्ने पार्टी प्यालेसमा आयोजना गरिएको अधिवेशनको एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज छबिलाल विश्वकर्माले उद्घाटन गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष तुलसी पासीको अध्यक्षतामा शुरु भएको अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय पोलिटव्युरो सदस्य एवं प्रदेश सह-ईन्चार्ज बैजनाथ चौधरी,केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता खनाल,केन्द्रीय सदस्य एवं जिल्ला सह-ईन्चार्ज बिमला अर्याल,केन्द्रीय सल्लाहकार खिमलाल पोखरेल लगायतको सहभागिता रहेको छ ।
जिल्ला अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्दैछ । एमालेको जिल्ला अध्यक्ष पदमा दीपेन्द्र अधिकारी र थानप्रसाद गैरे,उपाध्यक्षमा डोलराज भण्डारी र लेखनाथ खरेल,सचिवमा धीरज शर्मा बस्याल र सुभाष जिसी,उपसचिव (खुल्ला ) मा राजन आचार्य र रुदल यादव,उपसचिव (समावेशी ) मा लक्ष्मी क्षेत्री र रिंगला यादवले उम्मेदवारी गर्न चर्चा छ ।
एमाले पश्चिम नवलपरासीका उपसचिव एवं प्रचारप्रसार संयोजक राजन कुमार आचार्यका अनुसार जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना र दुई उपसचिव गरी पाँच जना पदाधिकारीमा एक महिला निर्वाचित हुने र जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने प्रावधान छ ।
एमालेको जिल्ला कमिटीमा विभिन्न कलस्टरबाट ४९ जना समावेशीका आधारमा निर्वाचित हुनेछन् भने ५१ जना खुल्लाबाट निर्वाचित हुनेछन् । खुल्ला ५१ मध्ये १४ प्रतिशत ४० वर्ष भन्दा कम उमेरका युवाका लागि सुनिश्चित गरिएको छ ।
जिल्ला अधिवेशनमा जिल्ला भरीबाट ५६२ जना प्रतिनिधि सहभागी छन् ।  आज देशभर एकैसाथ भईरहेको  एमालेको जिल्ला अधिवेशनको केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्नुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस