२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जनताको समस्या बुझ्दै विकासको पहलकदमीको नेतृत्व गर्दै प्रतापपुरका युवा नेता राजेश चौधरी

२०७८ मंसिर १२, आईतबार प्रकाशित ( साल अघि) १४४४ पाठक संख्या

परासी, १२ मंसिर । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका उदयीमान युवा नेता राजेश चौधरी जनताको समस्या नजिकबाट बुझ्दै विकासको पहलकदमीमा अग्रसर हुनुभएको छ । सार्वजनिक पद तथा जनप्रतिनिधि नभएपनि व्यक्तिगत पहल र सहयोगमा उहाँले गाउँपालिका भित्रका समस्या पहिचान गर्ने र त्यसको समाधान तथा विकास कार्यमा नेतृत्वदायी भूमिका खेलिरहनुभएको छ ।
कम्युनिटी ईम्प्याक्ट नेपालका अध्यक्ष चौधरीले उक्त संस्थाको सहयोगमा सुस्ता गाउँपालिकाको एक विद्यालयमा सात कोठे र प्रतापपुरको एक विद्यालयको चार कोठे भवन बनाईरहनुभएको छ भने जीर्ण अवस्थामा रहेका पुल, सडक लगायतका पूर्वाधारको विकासका लागि आवश्यक पहल गरेको बताउनुभयो ।
शनिबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवलाई बोलाएर युवा नेता चौधरीले प्रतापपुर गाउँ र बेलाटारी जोड्ने गण्डक नहरको जीर्ण पुल तथा सेमरी देखि ठूलो खैरटवा जोड्ने सडकको दुरावस्थाबारे स्थलगत निरीक्षण गराउनुभयो । बेलाटारी पूल वर्षाैँ अघि निर्माण भएकोले हाल जीर्ण र साँघुरो भएकोले जुनसुकै समयमा दुर्घटनाको जोखिम रहेकोले यसको पुनः निर्माणका लागि आवश्यक पहल गर्न चौधरीले मन्त्री यादवलाई आग्रह गर्नुभयो ।
यस्तै सेमरी देखि खैरटवा जोड्ने सडकको दुरावस्थाका कारण वर्षायामका नागरिकले ठूलो सास्ती खेप्नुपरेको बताउँदै नेता चौधरीले मन्त्री यादवलाइ उक्त सडकको पनि स्थलगत निरीक्षण गराउनुभएको थियो । मन्त्री यादवले बेलाटारी पुलको निर्माणका लागि प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय गर्ने बताउनुभयो भने सडकको लागि आवश्यक बजेट विनियोजन गर्ने जानकारी दिनुभयो ।
मन्त्री यादवसँगै आउनुभएकी प्रदेशकी कृषिमन्त्री सुमनशर्मा रायमाझीलाई पनि उखु र केरा कृषकको समस्या समाधान गर्न आग्रह गरिएको थियो । समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाईरहनुभएका युवा नेता चौधरीले आफ्नो संस्था मार्फत कृषिलाई प्रवद्र्धन गर्न र आधुनिकीकरण गर्न छिट्टै स्वीडेनबाट आधुनिक कृषि यन्त्र भित्राउने तयारीमा रहेको बताउनुभयो । यस क्षेत्रको बेरोजगारीको समस्या समाधान गर्न छिट्टै उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो।
नेता चौधरीले प्रतापपुर गाउँपालिकाका अतिविपन्न नागरिकको समस्या बुझ्दै तीन सय परिवारको लागि घर निर्माण गरिदिने सोचका साथ केही समयमै २५÷३० वटा घर बनाईदिने योजनामा रहेको बताउनुभयो । जसपाका युवा नेता चौधरी प्रतापपुर गाउँपालिकाको भावि अध्यक्ष पदका आकांक्षी हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%५%२%२%

प्रतिक्रिया दिनुहोस