२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बाढीबाट प्रभावित अति विपन्न कृषकलाई नि:शुल्क बिउ र जैविक मल वितरण

२०७८ मंसिर ८, बुधबार प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

मोहन पौडेल
परासी, ८ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावल गाउँपालिकाका बाढी प्रभावित कृषकलाई बीउ र मल वितरण गरिएको छ ।
गाउँपालिकाको समन्वयमा असल छिमेकी नेपाल संस्थाले पाल्हीनन्दनका २६० र सरावलका २५५ गरि ५१५ घर परिवारलाई गहुँ र मसुरोको बीउ तथा जैविक मल नि:शुल्क वितरण गरेको हो ।
बाढीका कारण क्षति व्यहोर्नुपरेका पाल्हीनन्दनको वडा नं.१ र सरावलको वडा नं. ६ का अति विपन्न तथा भिन्न क्षमता भएका कृषकलाई कृषि सामग्री वितरण गरिएको संस्थाका एरिया ईन्चार्ज पुरन सोतीले जानकारी दिनुभयो ।
संस्थाले पाल्हीनन्दनमा प्रति घर गहुँको बीउ २० केजी,मसुरोको बीउ २ केजी र जैविक मल ५० केजीको दरले २६० परिवारलाई ५२०० केजी गहुँको बीउ, ५२० केजी मसुरोको बिउ, १३ हजार केजी जैविक मल गरि रु ८ लाख ७८ हजारको कृषि सामग्री वितरण गरेको हो ।
यस्तै सरावलमा प्रति घर गहुँको बीउ २० केजी,केराउ मटरको बीउ १.५ केजी,जैविक मल ५० केजीका दरले २५५ परिवारलाई ५१०० केजी गहुँको बीउ,३८२.५ केजी केराउको बीउ र १२ हजार ७५० केजी जैविक मल गरि रु ८ लाख ७३ हजार ३७५ को कृषि सामग्री उपलब्ध गराएको हो ।
पाल्हीनन्दन-१ का वडा अध्यक्ष लल्लन अहिरको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक ) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गुप्ताले बाढी प्रभावित कृषकलाई राहत स्वरुप बिउ बिजन र मल वितरण गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले सबै क्षेत्रलाई समेटेर विकास गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,विपद् व्यवस्थापन संयोजक प्रदीप तिवारी,संस्थाकि माया महत्तो लगायतको पनि सहभागिता थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस