२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमा बसको ठक्करबाट महिलाको मृत्यु

२०७८ कार्तिक ५, शुक्रबार प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

मोहन पौडेल
परासी,५ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आज बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
सुनवल नगरपालिका–१ सोमनाथस्थित ईलाका प्रहरी कार्यालय नजिकै बसले ठक्कर दिँदा साईकलमा सवार सुनवल–६ बस्ने ४१ वर्षीय चित्रा गुरुङ्को मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख १०८ नम्बरको ठक्करबाट गम्भीर घाईते गुरुङ्को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस