२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

विप्लव नेकपाद्वारा परासीमा जिल्ला प्रशासन अगाडि धर्ना,तीन बुँदे सहमति कार्यनयनको माग 

२०७८ आश्विन १८, सोमबार प्रकाशित ( साल अघि) ७३४ पाठक संख्या

परासी, १८ असोज । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले परासीमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ ।
सरकार र नेकपा बीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय परासी गेट अगाडि धर्ना दिएको हो।
नेकपाले जिल्ला प्रशासन कार्यालय परासी अगाडिबाट कालो ब्यानरसहितको कोणसभा र धर्ना कार्यक्रम गरेको  थियो ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सदस्य  रामप्रीतले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न उहाँको माग थियो
। रामप्रीतले दार्चुलामा तुहिन काटेर हत्या गरेको बिषयमा सरकार मुकदर्शक भनेको र जनताको सुरक्षा बारे बोल्न नसक्ने सरकार जनपक्षीय नहुने बताउदै । अमेरिकी सहयोग एमसिसी खारेजीको समेत माग गर्नुभयो ।
सरकारसँग सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको नेकपा सदस्य रामप्रीतले बताउनुभयो । नेता गणेश पाठकले सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिनुभयो ।
तीन बुँदे सहमतिको कार्यन्वयन,पार्टीका नेताकार्यकर्तामाथि लगाइएका झुठ्ठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दी रिहाइको माग गर्दै नेकपाले आज देशव्यापी धर्ना दिएको छ।
गएको फागुन २१ गते नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका मुद्दाहरु खारेजी र नेताकार्यकर्ता रिहाई भएका छैनन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस