२०८२ पौष २९, मंगलबार
24 खबर अपडेट

नवलपरासी तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन, केसीको नेतृत्वमा नयाँ समिति चयन

२०७८ भाद्र ३, बिहिबार प्रकाशित ( साल अघि) १५९३ पाठक संख्या

मोहन पौडेल
परासी, ३ भदौ । नवलपरासी तेक्वान्दो संघको तेस्रो जिल्ला अधिवेशन परासीमा सम्पन्न भएको छ । अधिवेशनले पवन जंग केसीको नेतृत्वमा नयाँ समिति र्निविरोध चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा सुवास यादव, सचिवमा सुरेश पासवान, कोषाध्यक्षमा राधा थापा तथा सदस्यहरुमा दीपक यादव, गौतम परियार, तेजकुमार पटेल, सुरेन्द्र यादव, श्रवण यादव रहनुभ्एको छ । समितिको बैठकले थप केही पदाधिकारी र सदस्य पनि मनोनित गर्ने सचिव पासवानले बताउनुभयो ।
पवन केसीको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कोशिश बहादुर खड्काको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशन उद्घाटन समाारोहमा प्रदेश उपाध्यक्ष परागदास गोर्खाली, दीपक श्रेष्ठ, प्रदेश सदस्य रामजी यादवको आतिथ्य रहेको थियो । सहभागिहरुले खेल क्षेत्रलाई तीनै तहका सरकारले उच्च प्राथमिकता दिनुपर्ने र खेलाडीको संरक्षण र प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस