२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

शहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानमा नयाँ नेतृत्व चयन,अध्यक्षमा न्यौपाने

२०७८ भाद्र ३, बिहिबार प्रकाशित ( साल अघि) ९४० पाठक संख्या

मोहन पौडेल
परासी, ३ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे स्मृत्ति प्रतिष्ठानमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको पाँचौ अधिवेशन अन्र्तगत आज र्निविरोध रुपमा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
जसअनुसार प्रतिष्ठानको अध्यक्षमा प्रेम न्यौपाने(पेउनारायण न्यौपाने) चयन हुनुभएको छ । नवगठित समितिको उपाध्यक्षमा दुर्गानारायण सुवेदी, सचिवमा खडानन्द कोईराला, कोषाध्यक्षमा देवराज श्रेष्ठ, सहसचिवमा रामप्रसाद सुवेदी तथा सदस्यहरुमा देउरुपा गौतम, बमकुमारी विक, पदम बहादुर क्षेत्री, नारायण प्रसाद कण्डेल रहनुभएको छ ।
यसैगरी लेखा समितिमा संयोजक दीपकप्रसाद पौडेल र सदस्यमा गोविन्दराज पौडेल र रमेश बहादुर क्षेत्री चयन हुनुभएको निर्वाचन समिति संयोजक थानप्रसाद गैरेले जानकारी दिनुभयो । प्रतिष्ठानमा करिब चार सय आजीवन सदस्य रहेका छन् । संस्थाको पूरानै विद्यान अनुसार कार्य समिति निर्वाचित भएको हो ।
गत चैतमै अधिवेशनको बन्द शत्रमा नयाँ विद्यानबारे छलफल भएपनि कोरोनाका कारण थप छलफल र निर्वाचन रोकिएपछि हाललाई पुरानै विद्यान अनुसार समिति चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।
जनआन्दोलनका क्रममा २०६२ चैत ३० गते सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा विसं २०६३ मा प्रतिष्ठान स्थापना गरी शहीद पार्क (स्मारक स्थल) निर्माण गरिएको हो । पूर्वपश्चिम राजमार्गस्थित वनकट्टीको भगवती सामुदायिक वन क्षेत्रअन्तर्गत १० हेक्टर क्षेत्रफलमा यो पार्क अवस्थित छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस