२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सामुदायिक वन अतिक्रमणको चपेटामा पर्दै गएकोप्रति वन उपभोक्ता समूहको चिन्ता

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) ८७८ पाठक संख्या

रमेश भुसाल
सुनवल, २६ साउन । पछिल्लो समय सामुदायिक वन अतिक्रमणको चपेटामा पर्दै गएको प्रति पश्चिम नवलरासीका सामुदायिक वन उपभोक्ता समुहरुहरुले चासो व्यक्त गरेका छन् ।
सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासी एवं स्थानीय महासंघ सुनवलले आयोजना गरेको सामुदायिक वनका सफलता एबम् आगामी कार्यदिशा र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि उपभोत्ता समुहका पदाधिकारीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
विभिन्न विकास तथा निकासका वहानामा सामुदायिक वनको अतिक्रमण वढेको उनीहरुको भनाई थियो । आफ्नो वनको कार्यप्रगतीका वारेमा जानकारी गराउदै विभिन्न तरिकाले वन अतिक्रमण बढ्दै गएको र घाटगद्दि गरेको काठदाउरा समयमै वेचविखन गर्न नपाउँदा भावि कार्ययोजना समेत प्रभावित वनेको उनीहरुले बताएका छन् ।
खोलाबाट हुने कटान, भुक्षय, चोरी तस्करी , आगोलागी, उद्योगबाट हुने प्रदुषण निति नियम र नेतृत्वमा हुने फेरवदल जस्ता समस्याहरु सामुदायिक वनमा रहेको उनीहरुको भनाई थियो । त्यस्तै कतिपय नीतिगत व्यवस्थाहरु पनि समस्याका रुपमा रहेको उनीहरुको गुनासो थियो । गतबर्ष देखि सरकारले सामुदायिक बनको काठदाउरा कटान साथै विक्रिवितरण गर्न प्रतिवन्ध लगाए संगै सामुदायिक वनका गतिविधिमा अवरोध आएको महासंघ सुनवलका अध्यक्ष दिलिप चापागाईले बताउभयो ।
नेपाल सरकारको निर्णयले सामुदायिक वनमा आएका समस्याहरु समाधान गर्न सम्वन्धित निकायहरुमा आवज वुलन्द गर्दै आएको अध्यक्ष चापागाईको भनाई छ । विषम परिस्थीतिमा पनि समुहहरुलाई क्रियाशिल वनाउन स्थानिय महासंघ संक्रिय रहेको चापागाइले बताउनुभयो ।
सामुदायिक वनको अतिक्रमण लगाएतका समस्या समाधानका लागी सामुदायिक वनको विधान र कार्ययोजना माथि छलफल गर्ने , कार्ययोजना बनाउने र समुहहरुलाई गोलवन्द गर्ने साथै सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराएर समन्वय गर्ने जस्ता कार्यहरु गरेको सामुदायिक वन उपभोत्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले बताउनुभयो ।
त्यस्तै विधान सम्मत सामुदायिक वनहरु चल्नुपर्ने र सामुदायिक वनको थप हक अधिकार स्थापित गर्न सक्रीय हुनुपर्ने सामुदयिक वन उपभोत्ता महासंंघ जिल्लाका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कर्ण वहादुर शेनले बताउनुभयो ।
सामुदायिक वनमा देखिएका समस्या समाधान गर्न सामुदायिक वन संग सम्वन्धित कानुन वनाउन सरकार संग वहस तथा समिक्षात्मक वैठक गरेको र नवाझिने गरी कानुन वनाउन सुझाब दिए पनि कार्यान्वयन नहुदा विभिन्न समस्याहरु झेल्नु परेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश सचिवालय सदस्य नारायण पण्डेले बताउनुभयो । साथै सरकार र सम्वन्धित निकायहरु संग वारम्वार बहस पैरवी भैरहेको उहाँले बताउनुभयो ।
विसासय सामुदायिक वन को सभाहलमा भएको कार्यक्रममा भगवती सामुदायिक वन, विसासय सामुदायिक वन, जनउदय सामुदायिक वन, कोटहिदेवि सामुदायिक वन संसारकोटा सामुदायिक वन, वनदेवि, आर्दश, मुलपानी, डम्भरभार, मामिशतशरिया, चिसापानी लगायतका सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको जिल्ला महासंघ पश्चिम नवलपरासी सचिव शारदा पोखरेलले जानकारी दिनुयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस