२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासीको मूख्य सडक निर्माणमा ढिलाई गर्दा सास्ती भएको भन्दै स्थानीयद्धारा विरोध

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित ( साल अघि) ६७८ पाठक संख्या

परासी, २२ साउन । सात वर्षशसडसम्म पनि सडक नबनाईएको भन्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीका व्यवसायी र स्थानीयवासीले सडक अवरुद्ध गरुी विरोध जनाएका छन् । परासीको मूख्य सडक झरहीखोलादेखि बुद्धचोक हुँदै मनझरिया चोकसम्मको सम्मको सडक समयमै स्तरोन्नती नहुँदा स्थानीयवासीले धुलो र हिलाम्मेबाट सास्ती भोग्दै आएका छन् ।
आज रामग्रामको वडा नं. ५ स्थित वडा कार्यालय अगाडि पाल टाँगेर स्थानीयवासीले विरोध गर्नुका साथै सडकमा डोरी बाँधेर अवरोध गरेका थिए । सात वर्षदेखि बाटोको स्तरोन्नती नहुँदा आफूहरु धुलो र हिलोले हैरान भएकोले विरोध गर्नुृपरेको स्थानीय व्यवसायी एवं वडा नं. ४ का वडा सदस्य राजु देवानले गुनासो गर्नुभयो ।
शहरी विकास मन्त्रालयले चार वर्ष अघि उक्त सडक स्तरोन्नी गरी कालोपत्रे गर्न ठेक्का गरेको थियो । पटकपटक आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै स्थानीयहरु आन्दोलित भएको अर्का स्थानीय धीरज अग्रहरीले बताउनुभयो ।
निर्माणको जिम्मा पाएको गौरी पार्वती निर्माण सेवा काठमाण्डौंले पटकपटक म्याद थप्दा पनि बाटो निर्माण गर्न सकेको छैन् । रामग्राम नगरपालिकाका जनप्रतिनिधि आफूहरुको कार्यक्षेत्र नभएको भन्दै पन्छीन नहुने स्थानीयको तर्क छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस