२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कृषि ज्ञान केन्द्र नवलपरासीको वार्षिक कार्यक्रम सार्वजनिक

२०७८ श्रावण २१, बिहिबार प्रकाशित ( साल अघि) १०६७ पाठक संख्या

मोहन पौडेल
परासी, २१ साउन । कृषि ज्ञान केन्द्र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले जिल्लामा यस वर्ष सञ्चालन गरिने कार्यक्रम तथा योजना सार्वजनिक गरेको छ । आव.२०७८÷०७९ का लागि स्वीकृत वार्षिक कार्यक्रममा बाढीप्रभावित क्षेत्रमा अनुदानमा बिउ उपलब्ध गराउनेदेखि प्रदेशस्तरकै पुष्प स्रोत केन्द्र स्थापना गर्ने सम्मका योजनाहरु समावेश गरिएको छ ।
चालु आबमा ज्ञान केन्द्रमा सङ्घीय कार्यक्रम र प्रादेशिक कार्यक्रम सञ्चालनका लागि चालुतर्फ रु नौ करोड ३ लाख ३९ हजा र पुँजीगततर्फ ९१ लख ६० हजार रुपैँया गरी कूल रु नौ करोड ९४ लाख ९९ हजार बजेट प्राप्त भएको कार्यालय प्रमुख देवेशकुमार मिश्रले दैनिक 24  खबर डटकमलाई जानकारी दिनुभयो ।
प्रदेश सरकार अन्र्तगतको कृषि उद्योग,यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष जिल्लामा प्रदेश स्तरको पुष्प स्रोत केन्द्र स्थापना गरिने भएको छ । सुनवल नगरपालिका–१० मा स्थापना हुने स्रोत केन्द्रका लागि पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।
कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्र्तगत जिल्लामा बाली शिविर, बाली कटानी, कृषि प्रविधि प्रदर्शनी, फलफूल बँगैचा सुदृढीकरण, साना सिँचाइ सहयोगसहित कृृषि उत्पादन,प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न दलहन तेलहनमा बिउ आत्मनिर्भर कार्यक्रमहरु सञ्चालन गरिने प्रमुख मिश्रले बताउनुभयो ।
सोही कार्यक्रम अन्र्तगत नै तरकारी,पुष्प तथा फलफूल नर्सरी स्थापना÷सुदृढीकरण कार्यक्रम, भूमिहीन कृषकको लागि करार खेती,सिञ्चित क्षेत्र लक्षित कृषि विकास कार्यक्रम,बगर खेती प्रवद्र्धन, उखु उत्पादन, प्रशोधन,ढुवानी र बजारीकरण प्रवद्र्धन कार्यक्रम,अदुवा,बेसार प्रवद्र्धन कार्यक्रम,डुबान क्षेत्र लक्षित कृषि उत्पादन कार्यक्रम यस वर्ष सञ्चालन हुनेछन् ।
उखु, केरा,अदुवा,बदामका लागि जिल्लाको पूर्वी दक्षिणी क्षेत्र प्रख्यात छ ।डुबान क्षेत्र अन्र्तगत पाल्हीनन्दन र सरावल गाउँपालिकाको बाढीप्रभावित क्षेत्रमा हिउँदे बाली प्रवद्र्धन गर्न गहुँ, मसुरो, तोरी लगायतमा ८५ प्रतिशत अनुदानमा बिउ वितरण गरिने कृषि ज्ञान केन्द्रका प्रमुख मिश्र बताउनुहुन्छ ।
उहाँका अनुसार अभियानमुखी मिसन कृषि विकास कार्यक्रमतर्फ यस वर्ष मकै र आलु मिसन कार्यक्रम थप गरिने भएको छ । दलहन मिसन कार्यक्रम र फलफूल बिरुवा रोपण अभियान पनि चलाईने भएको छ । स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ बर्दघाट, रामग्राम, पाल्हीनन्दन र सुस्तामा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
कृषि स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रमतर्फ विषयगत कृषक सञ्जाल गठन, सुलभकर्जा सहजकर्ता प्रोत्साहन, हरित स्वयम्सेवकलाई क्षमता विकास तालीम तथा प्रविधि सिकाइ तालीम, बिमा अभिकर्ता तालीम,कृषि मेशिनरी मर्मत तालीम,विषादी खुद्रा बिक्रेता तालीम, स्थानीय तहका कृषि प्राविधिकलाई माटो परीषण तालीम,माटो परीषण शिविर ।
कृषि पढेका युवालाई उद्यमशीलता अनुदान,सामाजिक परिचालनका लागि सङ्घ संस्था परिचालन कार्यक्रम, नमूना फार्म स्थापनाका लागि सहयोग लगायत कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो ।
युवा लक्षित कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत कृषि कर्मी रोजगारी कार्यक्रम सञ्चालन हुने ज्ञान केन्द्रले जनाएको छ । सङ्घीय सरकारको कार्यक्रमतर्फ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका कार्यक्रम सञ्चालन हुनेछन् ।
यस कार्यक्रमतर्फ गहुँ र केराको ब्लक विकास कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले योजना शिघ्र कार्यान्वयन गर्न जोड दिनुभयो ।
कृषि विकासबाट आर्थिक समृद्धि सम्भव भएकोले प्रदेश सरकारले कृषि विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री चौधरीले यस वर्ष कृषकलाई प्रत्यक्ष प्राविधिक सहयोग गर्न लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका ९८३ वटै वडामा जेटीए भर्ना गर्न लागिएको जानकारी दिनुभयो । अन्य सरोकारवालाहरुले स्वीकृत वार्षिक कार्यक्रमहरु समयमै कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस