२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्धारा गरीब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) ११६५ पाठक संख्या

मोहन पौडेल
परासी, १ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयका गरीब, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई मेयर छात्रवृत्ति प्रदान गरेको छ । आज नगरपालिकामा एक समारोहको आयोजना गरी नगर क्षेत्रका आधारभूत विद्यालयका ३२ जना र मावि तहका १० जना विद्यार्थीलाई मेयर छात्रवृत्ति प्रदान गरिएको हो ।
समारोहमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र गुप्ताले छात्रवृत्ति वितरण गर्नुभएको थियो । आधारभूत विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी तीन हजार र मावि तहका विद्यार्थीलाई प्रति विद्यार्थी पाँच हजार रुपैँयाका दरले छात्रवृत्ति प्रदान गरिएको नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
२०७६ बाट शुरु गरिएको यो कार्यक्रम अन्र्तगत लगनशील विद्यार्थीको मनोबल उच्च बनाउन सम्बन्धित विद्यालयहरुकै सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । उक्त अवसरमा नगर प्रमुख गुप्ताले आर्थिक अभावका कारण शैक्षिक सामग्री किन्न नसकेर अध्ययन प्रभावित भएका विद्यार्थीलाई छात्रबृत्तिको माध्यमबाट प्रोत्साहित गर्दै अध्ययन प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुदृढीकरणका लागि नगरपालिकाले विशेष प्राथमिकता दिदैँ आएको बताउनुभयो । उहाँले उच्च शिक्षामा पनि विद्यार्थी प्रोत्साहन गर्न छात्रवृत्तिको कार्यक्रम तय गरिएको उल्लेख गर्नुभयो । प्राविधिक शिक्षा तथा वैकल्पिक शिक्षण सिकाईलाई पनि नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको उहाँको भनाई थियो ।
नगर उपप्रमुख रम्भा कुंवरले नगरका सामुदायिक विद्यालयको सुधारमा नगरपालिका केन्द्रित रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन सकिने भएकोले शिक्षक र विद्यालयको पूर्वाधार महत्वपूर्ण हुने बताउनुभयो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, शिक्षक महासंघका जिल्ला अध्यक्ष यार महम्मद खान लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । समारोहमा नगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड, सरसफाई सामग्री, वैकल्पिक शिक्षण सामग्री तथा स्वास्थ्य सुदृढीकरणका लागि प्रति विद्यार्थी रु दुई सयका दरले सवै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अनुदान रकमको वितरण कार्यको पनि नगर शिक्षा समिति सदस्य एवं आदर्श मावि परासीका प्रधानाध्यापक अरविन्द पाठकलाई हस्तान्तरण गरी शुभारम्भ गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस