२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

धौलागिरी सहकारीको आयोजनामा सुनवलको मुखियाटोलमा रक्तदान कार्यक्रम

२०७८ अषाढ ३१, बिहिबार प्रकाशित ( साल अघि) ९४४ पाठक संख्या

परासी, ३१ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका २ मुखियाटोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय १५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको अनुरोध र प्राविधिक सहयोगमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष धनमाया क्षेत्री गौतमले जानकारी दिनुभयो । कार्यक्रममा ग्रामीण क्षेत्रका सर्वसाधारणले रक्तदान गरेको उहाँले बताउनुभयो ।
संस्थाकी अध्यक्ष क्षेत्रीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अग्रहरीले रक्तदान गर्दा कुनै किसिमको असर नपर्ने भएकोले निश्चिन्त भएर रक्तदान गर्न आग्रह गर्नुभयो ।
ग्रामीण क्षेत्रमा रक्तदानको मह्त्व बुझाउन आवश्यक रहेकोले रेडक्रसले ग्रामीण क्षेत्रमा रक्तदानको आवश्यकता र महत्वको विषयमा सचेतना जगाउन शुरु गरेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने, सुनवल शाखाका सभापति गोपाल प्रसाद शर्मा, सुनवल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष बलबहादुर थापा लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस