२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

ईन्सेक प्रतिवेदन – बालअधिकार उल्लङ्घनका घटनामा कमी आउँदै

२०७८ अषाढ ३०, बुधबार प्रकाशित ( साल अघि) ७८६ पाठक संख्या

मोहन पौडेल
परासी, ३० असार – पछिल्लो पटक नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा बाल अधिकार हननका घटनामा सुधार आउन थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले गत छ महीनाको मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक गर्दै बाल अधिकार हननका घटनामा कमी आउन थालेको जनाएको हो ।
सन् २०२१ को विगत छ महीनाको अवधिमा बाल अधिकार हननका नौ घटना सार्वजनिक भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम रहेको ईन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुलीले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो । गत वर्षको सोही अवधिमा बालअधिकार हननका १४ घटना सार्वजनिक भएका थिए ।
बालअधिकार हननका घटनामा विशेषगरी बाल यौन दुव्र्यवहार र बलत्कारका घटना छन् । नौ वटा बालिका बलत्कारको घटना मध्ये दुई वटा घटनामा बालक नै पीडक छन् भने अन्य घटनामा बालिकाका आफन्त र बयस्क व्यक्ति संलग्न छन् । बाल यौन दुव्र्यवहारका घटनामा तीनदेखि १७ वर्ष सम्मका बालिका प्रताडित रहेको पराजुली बताउनुुहुन्छ ।
विगत छ महीनाको अवधिमा जिल्लामा ४२ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको ईन्सेकले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा कम हो । गत वर्ष सोही अवधिमा ५८ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेका थिए ।
ईन्सेकका अनुसार यस अवधिमा बाल अधिकार, बलात्कार नौ वटा, बलात्कार प्रयास दुई, अप्राकृतिक मैथुन दुई वटा, घरेलु हिङ्सा १२ वटा, बहुविवाह पाँच वटा, महिला विरुद्ध हुने भेदभाव तथा बलात्कारका चार वटा, वैवाहिक बलात्कार दुई वटा, हत्या दुई वटा घटना भएका छन् ।
यसैगरी नागरिक तथा राजनीतिक अधिकार अन्र्तगत शसस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु, अभद्र व्यवहार, मानव बेचविखन, महिला हिङ्साका एक÷एक घटना भएको ईन्सेकको प्रतिवेदनमा उल्लेख छ । महिला हिङ्साका घटनामा कमी आउन सकेको छैन् भने राज्यबाट हुने गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा भने कमी आउन थालेको ईन्सेकका जिल्ला प्रतिनिधि पराजुलीले बताउनुभयो ।
पछिल्लो पटक नागरिक नागरिकबीचमै मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको पाईएको छ । यसका लागि सरोकार पक्ष र नागरिक समाज थप सचेत बन्दै सक्रिय हुन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । राज्यले पनि सुरक्षा दिने र मानव अधिकार संरक्षणमा अभिभावकीय दायित्व निर्वाह गर्न थप चनाखो हुनुपर्ने उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानव अधिकारको संरक्षण, प्रवद्र्धन, सम्बद्र्धनमा पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सुरक्षाकर्मी, पत्रकार, सार्वजनिक पद धारण गरेका व्यक्तिको अधिकार हनन भएका घटनालाई पनि प्रतिवेदनमा उल्लेख गर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार यादवले पीडितको न्याय र संरक्षणमा प्रतिवद्ध रहेको उल्लेख गर्दै जघन्य अपराधका घटनाका पीडकलाई छुटाउन दबाब नदिन राजनीतिक दल तथा सरोकार पक्षलाई आग्रह गर्नुभयो। उहाँले बिचौलिया लिएर प्रहरी कार्यालय नआउन पनि जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस