२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम—७ मा सुनौला हजार दिनका आमालाई पोषण झोला र कृषि सामग्री वितरण

२०७८ अषाढ २७, आईतबार प्रकाशित ( साल अघि) ८४४ पाठक संख्या

परासी, २७ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ मा पोषण झोला र कृषि सामग्री वितरण गरिएको छ । उक्त वडाका २८ जना विपन्न परिवारका सुनौला हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरिएको हो ।
रामग्राम ७ का वडाध्यक्ष शिवशंकर हरिजनको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आथिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रायले पोषिलो खानाले आमा र बच्चाको स्वास्थ्य राम्रो हुँदा मानसिक विकास पनि राम्रो हुने बताउनुभयो ।
सुनौला हजार दिनको समयमा कस्तो खाना खानुपर्छ भनेर यो सांकेतिक रुपमा सिकाउन मात्र खोजिएकोले यो समयमा पोषिलो खानामा जोड दिन उहाँले आग्रह गर्नुभयो । घरमै करेसाबारी निर्माण गरी पोषणयुक्त खाना उत्पादन गर्न प्रेरित गर्नका लागि कृषि सामग्री पनि वितरण गरिएको उहाँले बताउनुभयो । रामग्राम नगरपालिकाको वार्षिक कार्यक्रम अन्र्तगत पोषण झोला र कृषि सामग्री वितरण गरिएको बहुक्षेत्रीय पोषण सहजकर्ता दुर्गा घिमिरेले बताउनुभयो ।
उक्त अवसरमा जिसस उपप्रमुख अब्दुर रहमान चुरिहार, जिल्ला समन्वय अधिकारी प्रेम प्रसाद आचार्य, शाखा अधिकृत ऋषिकेश रेग्मी, लेखा प्रमुख विष्णु पौडेल, प्रदेश योजना आयोगस्थित बहुक्षेत्रीय पोषण कार्यक्रमका प्रदेश संयोजक भुमि शर्मा, सञ्चारकर्मी, स्थानीय सहजकर्ता, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको जिससका दयाराम चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस