२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा लायन्स क्लबको संयुक्त पद हस्तान्तरण

२०७८ अषाढ २६, शनिबार प्रकाशित ( साल अघि) ८८२ पाठक संख्या

परासी, २६ असार । पश्चिम नवलपरासीको सदरमुकामस्थित रामग्राम नगर क्षेत्रमा क्रियाशील लायन्स क्लवहरुको संयुक्त पद हस्तान्तरण समारोह आज परासीमा सम्पन्न भएको छ । समारोहमा विभिन्न लायन्स क्लबका वर्ष २०२००२१ का अध्यक्षहरुले वर्ष २०२१०२२ का लागि निर्वाचित अध्यक्षहरुलाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा लायन्स क्लब अफ नवलपरासी रामग्राम, लायन्स क्लब अफ नवलपरासी, लायन्स क्लब अफ नवलपरासी प्रोफेस्नल र लियो क्लब अफ नवलपरासी रामग्रामको संयुक्त पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि टु नेपालका डिष्ट्रिक एक्जुकेटिभ एडभाईजर श्याम कुमार बस्यालले लायन्स क्लब सामाजिक सेवामा क्रियाशील अग्रसर संस्था रहेको बताउनुभयो । विपद् व्यवस्थापन र कोरोना भाईरस नियन्त्रणको सन्दर्भमा लायन्स क्लबले यस क्षेत्रमा ६५० अक्सिजन सिलिन्डर रिफील गरी सहयोग गरेको, विपन्न नागरिकलाई खाद्यन्न सहयोग गर्नुका साथै रक्तदान लगयातका कार्य गरी सामाजिक सेवामा विशेष योगदान गर्दै आएको उहाँले बताउनुभयो ।
लायन्स क्लव अफ नवलपरासी रामग्रामकी अध्यक्ष समा बस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब नवलपरासी रामग्रामका अध्यक्ष बृजेश अग्रहरी, लायन्स क्लब नवलपरासीका अध्यक्ष सम्झना चौधरी, लायन्स क्लब नवलपरासी प्रोफेस्नलका अध्यक्ष नगेन्द्र अग्रहरी र लियो क्लब अफ नवलपरासी रामग्रामकी अध्यक्ष सुमिना चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा लायन्स क्लब अफ ईन्टरनेशनलका जोन चेयर पर्सन गिरीराज पाण्डेय, लायन्स क्लव नवलपरासी प्रोफेस्नलका उपाध्यक्ष श्यामसुन्दर जयसवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस