२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

लुम्बिनी प्रदेशको सञ्चार विद्येयक विरुद्ध पत्रकार महासंघ नवलपरासी आन्दोलित, पुन: लेखन गर्न माग

२०७८ अषाढ २०, आईतबार प्रकाशित ( साल अघि) ७२७ पाठक संख्या

मोहन पौडेल
परासी, २० असार ।लुम्बिनी प्रदेश सरकारले संसदमा पठाएको संचार विधेयकको विरुद्ध नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले विरोध जनाएको छ ।

उक्त विद्येयक स्वतन्त्र प्रेस विरोधीरहेको भन्दै पुन:लेखनको लागि आज जिल्ला प्रशासन कार्यालय परासी मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ ।
सरोकारवाला पक्षसंग गहन छलफल नगरी निरकंशशैलीको संचार विधेयक अघि बढाएको भन्दै महासंघका जिल्ला अध्यक्ष हरि शर्माको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । संवैधानिक हकअधिकारसमेत कुण्ठित गर्ने गरि समाचार लेखेकै भरमा जेल संजाय देखि दण्डजरीवाना राखेर शाही सासनको झल्को दिने गरि कानुन निमार्णको प्रयास गर्नु गंभिर आपत्तीको विषय भएकोले यसका विरुद्ध आवाज उठाउनु परेको अध्यक्ष शर्माले बताउनुभयो ।
पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको आहवानमा आज प्रदेशका ११ जिल्लामा ११ बजे प्रमुख जिल्ला अधिकारी मार्फत मुख्यमन्त्री शंकर पोख्रेललाई विरोधस्वरुप ज्ञापन पत्र बुझाउने सर्कुलर अनुसार आज ज्ञापनपत्र बुझाएको महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले बताउनुभयो ।
प्रदेश सरकारले संवेदशिलता नदेखाएमा त्यसका विरुघ अझै कडा खालका आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने महासंघको तयारी रहेको छ ।
प्रदेश सरकारले तयार गरेको संचार माध्यम सम्वन्धी उक्त विधेयक प्रदेश सभामा पठाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस