२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जनकल्याण वहुउद्देश्यीय सहकारीले एकिकरण अभियानलाई प्राथमिकता दिदैँ

२०७८ अषाढ १९, शनिबार प्रकाशित ( साल अघि) ८७३ पाठक संख्या

रमेश भुसाल
सुनवल, १९ असार । पश्चिम नवलरासीको सुनवल ६ विसासयस्थित जनकल्याण वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी एकिकरण प्रक्रियालाई अगाडी बढाउने भएको छ । संस्थाको कार्यक्षेत्र र उद्देश्यसँग मिल्ने सहकारीहरुबीच एकिकरणका लागि प्रक्रिया अगाडी बढाएको संस्थाका अध्यक्ष तथा सहकारी एकिकरणका लागि गठित कार्यदलका संयोजक थान प्रसाद गरैले जानकारी दिनुभयो ।
संस्थाले वहुउद्देश्यीय अन्तर्गत कृषि , पशुपालन, दुग्ध , व्यापार लगायत समाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सम्वन्धित सहकारीहरुलाई पत्रचार समेत गरेको अध्यक्ष गैरेको भनाई छ । सहकारी एकिकरण गर्ने सन्दर्भमा गत महिना जनसेवा दुग्ध सहकारी संस्था संग एकिकरण प्रक्रिया सम्पन्न भएको संस्थाका उपाध्यक्ष पदम प्रसाद काफ्लेले बताउनुभयो । संस्थाले दुग्ध कारोवार, मलखात, लधुवित्त , पशुपालन, वचत तथा ऋण लगायत वहुउद्देश्य अन्तर्गत विविध कार्यक्रमहरु संचालन गरिरहेको संस्थाका व्यवस्थापक दिनेश नाथ कवरले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस