२०८२ चैत्र २, सोमबार
24 खबर अपडेट

विश्व मुद्रा सप्ताहको अवसरमा सिटिजन्स् बैंक परासी शाखाद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

२०८२ चैत्र २, सोमबार प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

परासी, २ चैत । विद्यार्थीलाई आर्थिक अनुशासन तथा आधुनिक बैंकिङ सेवाबारे सचेत बनाउने उद्देश्यले पश्चिम नवलपरासीको परासीस्थित पवन माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
विश्व मुद्रा सप्ताह(ग्लोबल मनी वीक)को अवसरमा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड परासी शाखाको आयोजनामा उक्त विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता प्रदान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक शालिकराम लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, आर्थिक अनुशासन तथा आधुनिक बैंकिङ सेवाबारे जानकारी प्रदान गरिएको बैंककी शाखा प्रबन्धक मीना पाण्डेयले दैनिक ट्वान्टिफोर खबर डटकमलाई जानकारी दिनुभयो ।
शाखा प्रबन्धक पाण्डेयले विश्व मुद्रा सप्ताहको औचित्यबारे प्रकाश पार्दै युवावस्थादेखि नै आर्थिक व्यवस्थापनबारे ज्ञान हासिल गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूले सानै उमेरदेखि पैसाको सही प्रयोग, बचत गर्ने बानी र सुरक्षित आर्थिक कारोबारबारे ज्ञान लिनु अत्यन्त महत्वपूर्ण हुन्छ।”
त्यसैगरी बैंकका कर्मचारी सुरेन्द्र यादवले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक निर्णय क्षमता विकास गर्न मद्दत गर्ने बताउँदै बैंकिङ सेवा, बचत खाता तथा विभिन्न वित्तीय सेवाबारे जानकारी दिनुभयो। “आजको समयमा आर्थिक ज्ञान नभएर धेरै मानिसले समस्या भोग्नुपरेको छ, त्यसैले वित्तीय साक्षरता सबैका लागि आवश्यक छ,” उहाँले भन्नुभयो ।
बैंकका अर्का कर्मचारी रेकबहादुर रेश्मीले डिजिटल बैंकिङ सेवाहरू—मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआरमार्फत भुक्तानी प्रणालीका बारेमा जानकारी गराउँदै सुरक्षित रूपमा प्रयोग गर्ने उपायहरूबारे पनि विद्यार्थीलाई अवगत गराउनुभयो। “डिजिटल प्रविधिको प्रयोग बढेसँगै सुरक्षित र सचेत भएर कारोबार गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले वित्तीय साक्षरता र डिजिटल बैंकिङबारे जिज्ञासा राख्दै अन्तरक्रियामा समेत सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विष्णु न्यौपानेले कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक आर्थिक ज्ञान प्रदान गरेको बताउँदै बैंकप्रति धन्यवाद ज्ञापन गर्नुभयो। “विद्यालय तहमै यस्ता कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीहरूमा आर्थिक अनुशासन र सचेतना विकास गर्न सहयोग पुग्छ,” उहाँले बताउनुभयो।
सिटिजन्य बैंक इण्टरनेशनल परासी शाखाले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवाका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न रचनात्मक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जनाएको छ ।

Citi 2

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले  फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेटिड कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी फ्रिलान्सर सेविज अकाउन्ट नामक नयाँ बचत खाता शुरु गरेको यस बैंकले नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधाका साथै क्रस बैंक टेलर सुविधा (जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा पाउँछन्) समेत सञ्चालनमा ल्याएको छ। बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम मशिन, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस