२०८२ फागुन २५, सोमबार
24 खबर अपडेट

नवनिर्वाचित सांसद गुप्तालाई देवकोटा क्याम्पसको पदेन सदस्यता प्रदान गर्दै बधाई ज्ञापन

२०८२ फागुन २५, सोमबार प्रकाशित ( घण्टा अघि) १६१ पाठक संख्या

परासी,२५ फागुन । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्तालाई महाकवि देवकोटा क्याम्पस सुनवलले सञ्चालक समितिको पदेन सदस्यको प्रमाणपत्र प्रदान गर्दै बधाई ज्ञापन गरेको छ।
क्याम्पसले सोमबार आयोजना गरेको एक कार्यक्रममा नवनिर्वाचित सांसद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो।
उक्त अवसरमा बोल्दै सांसद गुप्ताले सामुदायिक क्याम्पसको दिगो सञ्चालन तथा शैक्षिक  एवं भौतिक विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समग्र क्षेत्रवासीको चाहना अनुसारको विकास गर्दै समृद्ध नवलपरासी बनाउने अभियानमा निरन्तर लाग्ने उल्लेख गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद  लामिछानेले क्याम्पसको नियमावली अनुसार क्षेत्रबाट निर्वाचित संघीय सांसद स्वतः क्याम्पस सञ्चालक समितिको पदेन सदस्य रहने व्यवस्था रहेको जानकारी दिनुभयो ।
उक्त व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुप्तालाई पदेन सदस्यको प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष लामिछानेले बताउनुभयो। अध्यक्ष लामिछानेले सांसद गुप्ताले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको विकास तथा क्याम्पसको समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियोे ।
क्याम्पस प्रमुख नारायण ढकालले नवनिर्वाचित सांसद गुप्तालाई बधाई दिँदै आगामी दिनमा क्याम्पसको शैक्षिक उन्नति र संस्थागत विकासमा सहकार्य हुने अपेक्षा समेत व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस