२०८२ फागुन १३, बुधबार
24 खबर अपडेट

संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोण सभा एवं घरदैलो

२०८२ फागुन १३, बुधबार प्रकाशित ( घण्टा अघि) २८ पाठक संख्या

परासी, १३ फागुन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा ( बहुमत ) सहित चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीले बहिष्कारको अपिल गर्दै कोण सभा एवं घरदैलो सम्पन्न गरेको छ ।

बुधबार सुस्ता-१ फेचुहाको ठुलो टोलामा कोण सभा एवं घर दैलो गरिएको संयुक्त संघर्ष समिति नवलपरासीले जनाएको छ । उक्त सुकुम्बासी भुमिहीनहरुको बस्तीमा संघर्ष समितिको जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्राकपा नेपालका सुस्ता संयोजक सोम बहादुर बिश्वकर्मा , गोबिन्द बहादुर साठीघरे , क्रान्तिकारी संयुक्त मोर्चाका कमल हरिजनलगायतको सक्रियतामा गाउँमा कोण सभा र बहिष्कारको अपिल सहित घरदैलो हो ।

सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं सेक्रेटरी रवि पाण्डेयले समितिमा आबद्व चार दल सहित १२ वटा दल र समुह निर्वाचनको विपक्षमा रहेको बताउदै पटक पटक सुकुम्बासी भुमिहीनहरुलाई झुक्याउने संसदबादी”दलाल” भोट होइन चोट दिनुपर्ने औल्याए । उनले साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले नयाँ दलाल उत्पादन गर्ने र उक्त दलालबाट रास्ट्रघाती एसपीपी सम्झौता संसदबाटै पास गर्ने भएकोले निर्वाचनको औचित्य नभएको बताए ।

गाउँमा दलालहरु होशियार,साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको सशक्त बहिष्कार गरौ , भुमिहीन सुकुम्बासी एकता जिन्दावाद,कठपुतली सरकार खारेज गर, स्वाधीन संयुक्त सरकार गठन गर , जस्ता चर्का नाराबाजी सहित संघर्ष समितिका स्थानीयले चासोपूर्बक लिएका थिए ।

त्यस्तै बुधवार नै बर्दघाट-१५ को सिर्जनाचोक, डम्बरसिङ चोकलगायतमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पर्चा वितरण गर्दै घरदैलो गरेको बताएको छ । जिल्लाको ४१ वडामा घरदैलो संचालन भैरहेको उक्त पार्टीले जनाएको छ ।

जिल्लाका बिभिन्न गाउँ बस्तीका सुकुम्बासी एवं भुमिहिनले भोट नहाल्ने तयारी गरेको समेत उक्त पार्टीको दाबी छ । जिल्लामा क्राकपा नेपाल,नेकपा(बहुमत), बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, समाजवादी कम्युनिस्ट पार्टी नेपाल , संयुक्त जेनजी जस्ता बहिष्कार पक्षधर सक्रिय रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस