

परासी, २२ माघ । देशैभर संयुक्त संघर्ष समिति सम्बद्व पाँच पार्टीका नेता कार्यकर्तालाई निर्वाचन बहिष्कारको शान्तिपुर्ण कार्यक्रममा प्रहरी प्रशासनले गरेको धरपकड र गिरफ्तारीको बिरोधमा निशर्त रिहाइको माग गर्दै संयुक्त संघर्ष समिति नवलपरासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक एवं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सेक्रेटरी रवि पाण्डेयको नेतृत्वमा बिहीवार ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा शान्तिपूर्ण रुपमा निर्वाचन बहिष्कार गर्ने योजना अन्तरगत गरिएको कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गर्नु लोकतान्त्रिक मुल्य मान्यता बिपरित भएको उल्लेख छ । सिन्धुली, सुर्खेत लगायतको जिल्लामा संघर्ष समिति आवद्व पाँच पार्टीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।