२०८२ माघ १२, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासी-२ मा नेकपाका उम्मेदवार पौडेलद्धारा चुनावी प्रतिबद्धता सार्वजनिक

२०८२ माघ १२, आईतबार प्रकाशित ( घण्टा अघि) ८२ पाठक संख्या

परासी, ११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पश्चिम नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार देवन्द्र पौडेल (सुनिल) ले आफ्ना चुनावी प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको छ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व शिक्षामन्त्री समेत रहनुभएका पौडेलले क्षेत्रको समग्र विकास, सामाजिक न्याय, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणलाई केन्द्रमा राख्दै ११ बुँदे प्रतिबद्धता अघि सार्नुभएको हो।
उहाँले महेशपुर भन्सारको कार्यान्वयनको पहल एवं महेशपुरदेखि सुनवलको महलपोखरी हुँदै पाल्पा र पोखरासम्म जोडिने सडकलाई मुख्य सडकका रूपमा विकास गर्ने, साथै अन्य सडकलाई पालिका स्तरीय रिङरोडका रूपमा निर्माण गरिने प्रतिवद्धता जनाउनुभएको छ।
शिक्षा क्षेत्रमा आधुनिक तथा प्रतिस्पर्धी शिक्षा प्रणाली विकास गर्न प्राथमिकता दिने र उल्लेख गर्दै स्वास्थ्यतर्फ पृथ्वीचन्द्र अस्पताललाई १०० शैय्यामा स्तरोन्नति, सेवा विस्तार र प्रत्येक वडाका स्वास्थ्य चौकी सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
त्यस्तै, कृषि क्षेत्रलाई व्यवसायिक बनाउने, नवलपरासीको सदरमुकाम परासीलाई नमुना सहरका रूपमा विकास गर्ने गुरुयोजना अघि बढाउने, धार्मिक तथा पर्यटकीय स्थलहरूको पहिचान गरी विकास गर्ने, उद्योग–कलकारखाना विस्तारमार्फत रोजगारी सिर्जना गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ।
खानेपानी व्यवस्थापन, बाढी डुबान हुने क्षेत्रको दीर्घकालीन समाधान, मुस्लिम, मधेसी, जनजाति, थारु, दलित, महिला र शहीद तथा घाइते परिवारको हकहित सुनिश्चित गर्न पहल गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
पौडेलले संघीय सरकारसँग समन्वय गरी समग्र नवलपरासीको विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै चुनाव चिन्ह तारामा मतदान गरी परिवर्तनको पक्षमा उभिन आग्रह गर्नुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस