२०८२ पौष २६, शनिबार
24 खबर अपडेट

शान्ति तथा सामाजिक सद्भाव समिति नवलपरासीमा को–को छन् ?(नामावलीसहित)

२०८२ पौष २५, शुक्रबार प्रकाशित ( घण्टा अघि) २०७ पाठक संख्या

मोहन पौडेल
परासी, २५ पुस । पश्चिम नवलपरासीमा धार्मिक,सामाजिक एवं सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला स्तरीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरिएको छ ।
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा जिल्लामा क्रियाशील राजनीतिक दल,सामाजिक सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरुसहितको सरोकारवालाहरुको शुक्रबार परासीमा सम्पन्न बैठकले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
गृहमन्त्रालयको सर्कुलर अनुसार गठित ३१ सदस्यीय उक्त समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ता, जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु,नवलपरासी उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ,नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्षहरु,हिन्दु,बौद्ध,इसाइ, इस्लाम धर्मका धर्मगुरु तथा अगुवाहरु रहनुभएको छ ।
केही दिन अगाडि तराइ मधेसका केही जिल्लाहरुमा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गरी भएका घटनापछि गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई सद्भाव कायम गर्न परिपत्र गरेको थियो । सोही बमोजिम जिल्लामा समिति गठन गरिएको र सद्भाव कायम राख्न तथा भविष्यमा यस किसिमका घटना हुन नदिन सार्वजनिक आह्वान गरिएको प्रजिअ नेपालले बताउनुभयो । समिति मार्फत जिल्लाभित्र विभिन्न कार्यक्रमगरी धार्मिक तथा सामाजिक सद्भाव कायम गरिने बताइएको छ । जिल्लाका सातै पालिकामा पनि पालिका स्तरीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न अनुरोध गरिएको छ ।

शान्ति तथा सामाजिक सद्भाव समिति नवलपरासीका सदस्यहरुको विवरण
१. प्रमुख जिल्ला अधिकारी श्री दिपक राज नेपाल – संयोजक

२.जि.स.स.उपप्रमुख श्री राम दयाल तेली – सदस्य

३. प्रमुख सेनानी श्री प्रणय जंग मल्ल, श्रीगोरखदल गण, न.प. – सदस्य

४. प्रहरी उपरीक्षक श्री अनुपम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय, न.प. – सदस्य

५.सशस्त्र प्रहरी उपरीक्षक श्री सन्तोष रायमाझी, स.प्र.ब.ने.नं.२६ गण, – सदस्य

६. उप अनुसन्धान निर्देशक श्री प्रज्वल खड्का, रा.अ.जि.का., न.प. – सदस्य

७. श्री विक्रम यादव, नेपाली काँग्रेस, न.प. – सदस्य

८. श्री रिंगला यादव, नेकपा (एमाले), न.प.-  सदस्य

९. श्री रामबहादुर सहानी, नेपाली कम्युनिष्ट पार्टी, न.प. – सदस्य

१०. श्री रवि पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टी, न.प. – सदस्य

११. श्री रामभवन यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी, न.प. – सदस्य

१२. श्री मुन्नालाल गुप्ता, जसपा नेपाल न.प. – सदस्य

१३. श्री जीवन सहानी, जनमत पार्टी, न.प. – सदस्य

१४. श्री मुकुरजी गिरी, लोसपा, न.प. – सदस्य

१५. श्री भरत पाण्डे,नेकपा माले, न.प. – सदस्य

१६. श्री राधेरमण पाण्डेय, ९८५७०४५४९६, जनता प्रगतिशिल पार्टी, न.प. – सदस्य

१७. श्री ओम प्रकाश चौधरी, नागरिक उन्मुक्ती पार्टी, नेपाल, न.प. – सदस्य

१८. श्री चन्द्रभुषण पाठक, प्रगतिशिल लोकतान्त्रिक पार्टी, न.प. – सदस्य

१९. श्री किसन अधिकारी, राष्ट्रिय जनमोर्चा, न.प. – सदस्य

२०. श्री प्रेम बहादुर राना, राष्ट्रिय जनमुक्ती पार्टी, न.प. – सदस्य

२१. श्री……. मंगोल नेशनल अर्गनाइजेसन, न.प. – सदस्य

२२. श्री रामचन्द्र चौधरी, श्रम संस्कृति पार्टी न.प. – सदस्य

२३. श्री दिपेन्द्र चौधरी, नागरिक उन्मुक्ती पार्टी, न.प. – सदस्य

२४. अध्यक्ष श्री ओम प्रकाश अग्रहरी,नवलपरासी उद्योग वाणिज्य संघ – सदस्य

२५. अध्यक्ष श्री केशव पराजुली,नेपाल पत्रकार महासंघ, न.प. – सदस्य

२६. अध्यक्ष श्री रामकृष्ण पौडेल, नेपाल बार एसोसिएसन, न.प. – सदस्य

२७. श्री मान बहादुर थापा,विश्व हिन्दु महासंघ, न.प. – सदस्य

२८. श्री गोपाल गिरी, विश्व हिन्दु परिषद नेपाल, न.प. – सदस्य

२९. श्री शैयद गुलाम हुसेन, इस्लाम धर्मावलम्बीको तर्फबाट, न.प. – सदस्य

३०. श्री सुनम दर्लामी मगर, इसाई धर्मावलम्बीको तर्फबाट, न.प. – सदस्य

३१. श्री बेचु गौड, बुद्ध धर्मावलम्बीको तर्फबाट, न.प.-  सदस्य

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस