२०८२ मंसिर १६, सोमबार
24 खबर अपडेट

आरम्भ चौतारी लघुवित्तद्वारा शंकरपुरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता

२०८२ मंसिर १६, सोमबार प्रकाशित ( घण्टा अघि) ३४ पाठक संख्या

रुपन्देही, १५ मंसिर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ठुटिपिपल अनुगमन कार्यालय अन्तर्गतको शंकरपुर शाखा देवदह–११ ले आइतबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ। “वित्तीय ज्ञान, भविष्यको पहिचान—आरम्भ चौतारीको अभियान” भन्ने नारासहित गरिएको कार्यक्रममा ८६ जनाको सहभागिता रहेको शाखाले जनाएको छ।
गोष्ठीको माध्यमबाट सदस्यहरूमा नेतृत्व क्षमता अभिवृद्धि, जिम्मेवारीबोध र केन्द्रको सामाजिक भूमिकालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि देवदह–११ का वडाध्यक्ष दुधनाथ यादवले लघुवित्तको कार्यक्रमले स्थानीय विशेषगरी महिलाको आर्थिक उन्नति र क्षमता विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको टिप्पणी गर्दै सिकेका विषयहरूलाई व्यवहारमा अपनाउन आग्रह गर्नुभयो ।
त्यसैगरी रामनिवास यादवले लघुवित्त संस्थाहरूलाई लक्षित गरी भइरहेका अनावश्यक टिप्पणी र भ्रमप्रति सजग रहन सहभागीहरूलाई अनुरोध गर्दै आरम्भ चौतारीद्वारा सञ्चालित कार्यक्रमको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा केन्द्र प्रमुखहरूले उठाएका ११ वटा गुनासा तथा जिज्ञासाहरूको स्टेशन प्रमूख जयकृष्ण यादवले सम्बोधन गर्नुभएको थियो ।
उक्त अवसरमा शाखाले एक उत्कृष्ट केन्द्र, कर्जा सदुपयोग गरी व्यवसायमा उत्कृष्ट प्रदर्शन गर्ने एक लघुउद्यमी र एक उत्कृष्ट बचतकर्ता गरी जम्मा तीन जनालाई सम्मानपत्र प्रदान गरेको थियो। गोष्ठी स्टेशन प्रमुख जयकृष्ण यादवको अध्यक्षता, रामनाथ सिंहको स्वागत तथा शाखा प्रमुख मञ्जु देवी बस्यालको सञ्चालनमा भएको थियो ।
कार्यक्रम सफलतामा सहयोग पु¥याएको भन्दै स्टेशन प्रमुख यादवले शाखा प्रमुख बस्याल, कर्मचारी सञ्जय कोहार, रामनाथ सिंह, गुडिया यादव र अम्बिका चौधरीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

A2

 

A3

 

A4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस