दाङ,२८ असोज । जेनजी आन्दोलनको क्रममा पूर्ण क्षति पुगेको दाङ घोराहीस्थित भूमिसुधार तथा मालपोत कार्यालय घोराहीलाई ज्योति विकास बैंकले कम्प्युटर सहयोग गरेको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगजनीका कारण कार्यालयका अधिकांश सामग्री नष्ट भएपछि सेवाप्रवाहमा सहजता ल्याउन ज्योति विकास बैंकले सहयोग गरेको हो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत जनताको प्रत्यक्ष सरोकार रहेको मालपोत कार्यालयलाई अत्यावश्यक सामग्री एक थान कम्प्युटर हस्तान्तरण गरेको ज्योति विकास बैंक घोराही शाखाका प्रबन्धक दीपक अधिकारीले जानकारी दिनुभयो ।
“जनताको अधिक भिडभाड हुने र प्रत्यक्ष सरोकार रहने मालपोत कार्यालयमा भएको क्षतिका कारण सेवाप्रवाहमा समस्या रहेको र सेवाग्राहीले सास्त भोग्नुपर्ने अवस्थालाई सहजीकरण गर्न बैंकले आफ्नो संस्थागत उत्तरदायित्व बहन गर्दै सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको हो”, प्रबन्धक अधिकारीले भन्नुभयो ।
यो सहयोगले कार्यालय घोराहीको सेवा प्रवाहलाई सहज र छरितो बनाउन मद्दत पुग्ने भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख कमल प्रसाद पौडेल बताउनुभयो । उक्त अवसरमा बैँकका कर्मचारी, मालपोत कार्यालयका प्रतिनिधिहरू लगायतको पनि सहभागिता थियो ।