२०८२ भाद्र ३०, सोमबार
24 खबर अपडेट

एमालेद्धारा नवलपरासीमा जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको क्षतिको स्थलगत अवलोकन

२०८२ भाद्र ३०, सोमबार प्रकाशित ( घण्टा अघि) ७३ पाठक संख्या

गौरीशंकर जयसवाल
परासी ३० भदौ । नेकपा एमाले पश्चिम नवलपरासीले जेनजी पुस्ताको आन्दोलनको क्रममा जिल्लामा भएको क्षतिको स्थलगत अवलोकलन गरि जानकारी लिएको छ ।
आन्दोलनमा घुसपैठ हुँदा जिल्लामा रहेका सरकारी सम्पत्ति तथा नेताका निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियोे । एमाले जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको नेतृत्वक‍ो टोलीले क्षतिग्रस्त स्थानिय तह,वडा कार्यालय, जिल्ला समन्वय समिति एवं मन्त्री, पूर्वमन्त्री तथा जनप्रतिनिधिको घरमा भएको आगजनी र तोडफोडपछि भएको क्षतिग्रस्त संरचनाको अवलोकन गर्दै पीडित परिवारलाई सान्त्वना दिएको हो ।
अध्यक्ष अधिकारीका अनुसार जिल्लामा सबैभन्दा बढी प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवका दुई वटा घर, पूर्व मन्त्री हृदयेश त्रिपाठी,सबिधान सभा सदस्य बिक्रम खनाल,नेकपा एमालेका जिल्ला सचिव धिरज शर्मा बस्याल तथा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीको घरमा आगजनी तथा तोडफोड हुँदा धेरै क्षति देखिएको छ ।
यस्तै नेकपा एमालेकी केन्द्रिय सदस्य तथा सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, उपमेयर सूर्य दुबे,बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ,पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता,सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय लगायत नेताकार्यकर्ताको तोडफोड तथा आगजनी भएको घरमै पुगी भेटघाट तथा घटनाको बिषयमा जानकारी लिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
आगजनी र तोडफोडबाट अधिकांश सरकारी निकायको आवश्यक कागजपत्र नष्ट हुनुका साथै  भवनहरुमा पूर्ण क्षति भएकोले सेवा प्रवाहमा समस्या देखिएको अधिकारीले बताउनुभयो ।
स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुको निजी निवास समेत आन्दोलनकारीक‍ो निशानामा पर्दा घरसहित जिन्सी, खाद्यान्न, कपडालत्ता समेत सबै जलेर खरानीम परिणत भएकोले  बस्ने बासा समेत नरहेको अवस्था छ ।
रामग्राम नगरपालिकामा मेयरको कार्यकक्ष पूर्ण रुपले ध्वत भएको भने अन्य शाखाहरुमा पनि क्षति पुगेको छ । जिल्ला समन्वय समितिको तल्लो र माथिल्लो तला पूर्ण रुपले क्षती हुँदा त्यहाँ रहेको भूमि समस्या समाधान आयोगका कागजात समेत जलेर नष्ट भएको छ ।
सुनवल नगरपालिका, मालपोत कार्यालय,सरकारी वकिल कार्यालय,करदाता सेवा कार्यालय,कांग्रेस,एमाले र माओवादीका पार्टी कार्यालय लगायतमा पनि क्षति पुगेको छ ।
जिल्लामा भएको क्षतिको विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको संयोजकत्वमा गठित समितिले क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस