धीरज त्रिपाठी
सम्माननीय प्रधानमन्त्रीज्यु, हाम्रो देशमा असारे आर्थिक बर्ष परिवर्तन गर्न अपरिहार्य नै भएको छ । संसारमा कँही पनि बर्षाको समयमा आर्थिक बर्ष छैन । नेपालको हकमा चैत्र मसान्तलाइ नै आर्थिक बर्षको समापन बनाउन हार्दिक अनुरोध गर्दछु । असारमा सकिने आर्थिक बर्षले देशलाई धेरै बर्वाद बनाएको छ ।
धेरै बिषयमा अमेल भएको असार मसान्तमा फेरिने आर्थिक वर्षबारे हालसम्म कसैको ध्यान नपुगे हो कि? के प्राविधिक हिसाबले उत्तम महिना हो त असार ? उपयुक्त मौसमी महिना भएर हो कि ? जनताका काम काजी महिना पनि परेन की? जनता आफ्ना समस्या समाधान गर्न हिडडुल गर्न सजिलो हुने महिना हो कि ? अरु महिनाको हिसाबले आम्दानी हुने र लेनदेन मिलाउन पनि सजिलो हुने महिना भएर हो कि ?
विकास निर्माणकाकार्य गर्न असारको अन्तिममा सजिलो हुने भएर हो कि ? नेपालको भु– बनावट र प्राकृतिक हिसाबले पनि सबैलाई सहज हुने भएर हो कि ? प्रशासनिक सहजाताले हो असारमै आर्थिक बर्ष बनाउन पर्ने ? विकासका काम पानी आउने मौसममा गर्दा बलियो र भर पर्दो भएर हो कि? कामदारको मुल्य कम भएर लागत कम लाग्ने भएर हो कि ?
ज्योतिस शास्त्रले असारमा गरिने विकास राम्रो सिद्ध हुन्छ भनेर हो कि ? राजनीति शास्त्रले पनि उपयुुक्त महिना असारलाई नै मान्छ कि? धर्म शास्त्रले पनि असार पवित्र महिना भएर हो कि ? राणातन्त्र, राजतन्त्र, प्रजातन्त्र अनि गणतन्त्रले हो कि ?
समाज शास्त्र, अर्थशास्त्र, विकास शास्त्र, कर्मशास्त्र यी कुनैपनि शास्त्र र तन्त्रले असार आर्थिक उपयुुक्त हो जस्तो लाग्दैन । अहिलेसम्म असारमा आर्थिक बर्ष सकिने उपयुक्त महिना कर्मचारी शास्त्र र तन्त्र बाट सञ्चालित भएर हो । देश कर्मचारी शास्त्रबाट चलेर हो ।
होइन भने देशमा विभिन्न खाले परिवर्तन हँुदा आर्थिक वर्ष पनि परिवर्तन हुन्थ्यो । अरु विषयमा नेता सफल भए पनि यो विषयमा जहिले कर्मचारी हावी भएको देखियो । देशमा व्यवस्था फेरिन्छ, राष्ट्रिय गान फेरिन्छ तर भ्रष्टाचारको मुहाने महिना असारे विकास कहिलै फेरिन्न, किन ?
वास्तवमा देशमा भ्रष्टाचार रोक्ने अर्को मुख्य विषय अब असारे विकास रोक्नुपर्छ । यो मुख्य नितिगत भ्रष्टाचारको स्रोत हो। राज्यकोष र नेपाली जनताले तिरेको करको नितिगत भ्रष्टाचारको समय हो । कर्मचारीदेखि जनप्रतिनिधि अनि नेतासम्म मोटाउने समय हो। नयाँ बर्षसंगै आर्थिक वर्ष पनि परिवर्तनको बहस सञ्चालन गर्नुपर्दछ । असारमा आर्थिक वर्ष फेरिने नीति धेरै कुराले असफल भएको देखिन्छ ।
तसर्थ आर्थिक बर्ष परिवर्तन गर्नु पर्दछ । नयाँ बर्ष वैशाखसँगै आर्थिक बर्षको सुरुवात हुनु जरुरी छ किनकि हाम्रो देशमा कर्मचारी तन्त्र छ । जताततै भ्रष्टाचारको लिगेसी छ कर्मचारीहरुको मिलोमतोमा । देशमा परिवर्तन गर्नु छ धेरै । यो हामीले नै गर्ने हो, कोही आएर यहाँ गर्दैनन् । धन्यवाद
पश्चिम नवलपरासीको प्रतापपुर निवासी त्रिपाठी स्थानीय युवा समाजसेवी हुनुहुन्छ ।