२०८२ श्रावण २६, आईतबार
24 खबर अपडेट

नवलपरासीमा सामाजिक तथा परोपकारी अभियानलाई व्यापक बनाउँदै मदन भण्डारी फाउण्डेसन

२०८२ श्रावण २६, आईतबार प्रकाशित ( घण्टा अघि) १०० पाठक संख्या

मोहन पौडेल
परासी, २५ साउन । सामाजिक तथा परोपकारी कार्यक्रम गर्दै छोटो समयमै नवलपरासी जिल्लामा अग्रणी संस्थाको रुपमा स्थापित हुन सफल मदन भण्डारी फाउण्डेसनले आफ्ना गतिविधिलाई थप व्यापक बनाउने भएको छ ।
फाउण्डेसनले जिल्लामा रगत अभाव हुन नदिने अभियानसँगै विभिन्न सामाजिक तथा जनचेतनामूलक अभियानलाई प्राथमिकतासाथ सञ्चालन गर्ने घोषणा गरेको छ । फाउण्डेसनको आज भूमहीमा सम्पन्न दोस्रो बैठकले सामाजिक तथा परोपकारी अभियानलाई व्यापक बनाउने निर्णय गरेको हो ।
फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालका अनुसार रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ जिल्लाका विभिन्न स्थानमा थप रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ । “विभिन्न रचनात्मक अभियानका साथ सामाजिक विकासमा योगदान गर्ने हाम्रो प्रमुख लक्ष्य हो, परापकारी कामसहित लुकेका प्रतिभा उजागर गर्ने,क्षमता अभिवृद्धि प्रशिक्षण तथा जनचेतना अभिवृद्धिमा हामी निरन्तर अघि बढिरहेका छौँ,यो अभियानमा साथ दिन म सबैमा आह्वान पनि गर्दछु”, अध्यक्ष बस्यालले भन्नुभयो ।
उहाँका अनुसार बर्दघाट, भटौलिया,प्रतापपुर, सुनवल, पाल्हीनन्दन लगायतका ठाउँमा रक्तदान आयोजना गरिनेछ। फाउण्डेसनले यसअघि मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा गत असारमा सप्ताहव्यापी कार्यक्रम गरी रक्तदान सहितका विभिन्न रचनात्म्क कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको थियो ।
फाउण्डेसनले आगामी दिनमा जिल्लामा संगठन विस्तारसँगै रक्तदान, पानी परीक्षण, शैक्षिक सामाग्री वितरण,जनताको बहुदलीय जनवाद सम्बन्धी प्रशिक्षण,वातावरण तथा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम,दृष्टिविहीन बालबालिकासँग खुशी साटासाट कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष बस्यालले बताउनुभयो ।

M1

यस्तै नवलपरासी जिल्लाका सातै पालिकामा मदन भण्डारी फाउण्डेसनको पालिका कमिटी पनि निर्माण गरिने भएको छ । आजको बैठकले आगामी भदौ महिना भित्र सबै पालिकामा कमिटी गठन गर्ने निर्णय गरेको फाउण्डेसनका सचिव चोलकान्त रेग्मीले जानकारी दिनुभयो । बैठकले फाण्डेसनका निवर्तमान जिल्ला अध्यक्ष थानप्रसाद गैरे, निवर्तमान सचिव देवराज श्रेष्ठ र होमप्रसाद भुसाललाई सल्लाहकार मनोनयन गरेको छ भने उपाध्यक्ष नारायण अधिकारीसहितका केही सदस्यहरुलाई सपथग्रहण पनि गराइएको छ ।

M2

बैठकले गत असारमा सञ्चालित सप्ताहव्यापी कार्यक्रमहरुको समिक्षा गर्दै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ। यसैबीच फाण्डेसनका जिल्ला अध्यक्ष बस्यालको आजै परेको जन्मोत्सव समेत सोही अवसरमा मनाइएको सचिव रेग्मीले बताउनुभयो ।

M3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस